site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनसरीमा एमालेले लियो ‘बदला’, कांग्रेसलाई ‘क्लिन स्विप’ हुनबाट ज्ञानेन्द्रले जोगाए 

सुनसरी । सुनसरी–४ को राेमाञ्चक प्रतिस्पर्धामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुँदै इतिहास रचे । 

भोजपुरमा लगातार तीनपटक चुनाव हारेका ज्ञानेन्द्र सुनसरी आएपछि लगातार दोस्रोपटक निर्वाचित भए । उनले सुनसरीमा कांग्रेसलाई ‘क्लिन स्विप’ हुनबाट जोगाए । 

तर, दोस्रोपटक चुनाव जित्न ज्ञानेन्द्रलाई निकै सकस पर्‍याे । धेरैले आशा मारेको अवस्थामा कार्कीले कमब्याक गर्दै ११२ को रोमाञ्चक मतान्तरले जित हासिल गरे । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । 

एमालेले लियो ०७४ को बदला

क्षेत्र नम्बर ४ को अन्तिम नतिजा सार्वजनिक भएसँगै जिल्लाका सबै क्षेत्रको नतिजा आएको छ । सुनसरीमा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । 

यहाँ नेकपा (एमाले)ले २०७४ को बदला लिएको छ । त्यतिबेला प्रतिनिधिसभातर्फ एक सिटमा खुम्चिएको एमालेले अहिले नेपाली कांग्रेसलाई झन्डै जितविहीन बनायाे । यसबाट कार्कीले जाेगाए  

प्रदेशसभातर्फ पनि सुनसरी–४ का दुवै क्षेत्रमा कांग्रेसले नै जित्यो । प्रदेशसभा ‘क’मा सदानन्द मण्डल र ‘ख’मा हाजी इस्राईल मन्सुरी विजयी भए । 

२०७४ को निर्वाचनमा प्रतिनिधिसभाका तीन क्षेत्र कांग्रेसले जितेको थियो । क्षेत्र नम्बर २ मा सिताराम महतो, ३ मा विजयकुमार गच्छदार र ४ मा कार्की निर्वाचित भएका थिए । 

एमालेबाट क्षेत्र नम्बर १ मा जयकुमार राई मात्रै विजयी भएका थिए । 

२०७९ को निर्वाचनमा ठिक उल्टो भएको छ । नेकपा (एमाले)ले प्रतिनिधिसभाका दुई र उसको समर्थनमा जनता समाजवादी पार्टी एक सिटमा विजयी भएको छ । प्रदेशसभाका ६ क्षेत्र पनि एमालेले जितेको छ । 

क्षेत्र नम्बर २ मा भीमप्रसाद आचार्य र ३ मा भगवती चौधरी विजयी भए भने क्षेत्र नम्बर १ मा जसपाका अशोक राईले जित हासिल गरे । 

सुनसरी–१ ‘क’मा रमेश बस्नेत र ‘ख’मा विजय राई, २ ‘क’मा रेवतीरमण भण्डारी, ‘ख’मा रामप्रसाद महतो तथा ३ ‘क’ मा रोहितबहादुर कार्की र ‘ख’ रामदेव यादव विजयी भए । 

कांग्रेसका पुराना नेताको साख गिर्दा एमालेलाई ‘हाइसन्चो’ 

सुनसरीमा नेपाली कांग्रेसका लागि २०७९ को निर्वाचन कठिन रह्यो । अघिल्लो निर्वाचनमा देशभर नेपाली कांग्रेस पराजित हुँदै गर्दा सुनसरीले साख जोगाएको थियो । तर, योपटक विपरीत भयो । 

प्रत्यक्षतर्फ देशभर कांग्रेस पहिलो पार्टी बन्दा सुनसरीमा भने सेलायो । यो निर्वाचनमा पुराना नेताहरू सबै पराजित भए । संसदीय राजनीतिका खेलाडी विजयकुमार गच्छदार ३० वर्षपछि जीवनको उत्तरार्द्धमा पराजित भए । तेस्रो प्रयासमा चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले भारी मतान्तरले पराजित गरिन् । 

दुईपटकका विजेता सिताराम महतोको ह्याट्रिक गर्ने सपना पराजित भएसँगै तुहियो । एमालेका भीम आचार्यले महतोलाई ब्रेक लगाइदिए । 

दुईपटक पार्टीकाे जिल्ला सभापति भइसकेका र प्रदेश १ मा संसदीय दलको नेता बनेका कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला पनि पराजित भए । उनी पनि चिरपरिचित प्रतिद्वन्द्वी रामप्रसाद मेहतासँग झिनो मतान्तरले पराजित भए । कोइरालालाई प्रदेश १ को मुख्यमन्त्रीको प्रमुख दाबेदारको रूपमा हेरिएको थियो ।

प्रदेशसभातर्फ कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा पनि पराजित भए । उनलाई कांग्रेस सुनसरीको खम्बाको रूपमा हेरिएको थियो । 

गठबन्धनका अरू दलको अवस्था पनि उस्तै

लोकतान्त्रिक वाम गठबन्धन बनाएर चुनावमा होमिएका अन्य दलका उमेदवारको अवस्था पनि नेपाली कांग्रेसको जस्तै बन्यो । 

गठबन्धनबाट उमेदवार बनेकाहरू प्रतिस्पर्धामा पराजित भए । इटहरीका पूर्वमेयर तथा माओवादी केन्द्रका उमेदवार द्वारिकलाल चौधरी पनि पराजित भए । उनी आफ्नै पूर्वसहकर्मी रेवतीरमण भण्डारीसँग भारी मतान्तरले पराजित भए  

माओवादीकै अन्य उमेदवारहरूले पनि उल्लेख्य मत ल्याउन सकेनन् । 

नेकपा (एकीकृत समाजवादी)का उमेदवारको अवस्था झनै नाजुक देखियो । उनीहरूले पनि अपेक्षाकृत मत ल्याउन सकेनन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro