site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध एमालेले दियो उजुरी

सुनसरी । सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ । 

सुनसरीको निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेको निर्वाचन परिचालन कमिटी क्षेत्र ४ का संयोजक सरोजकुमार पोख्रेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कार्कीविरुद्ध उजुरी दिएका हुन् । 

पोख्रेलले मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीलाई उजुरी दिँदै छानबिन गरी कारबाही गर्न माग गरेका छन् । कार्कीमाथि जनप्रतिनिधिलाई प्रचारप्रसारमा संलग्न गराएको आरोप लागेको छ । 

“मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरूलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरूपयोग गर्दै सरकारी ढुकुटीबाट इन्धनलगायतका खर्चहरू गर्न लगाउने, नगरपालिका र गाउँपालिकाको रकममा गाउमा भोज भतेर गर्न लगाउने लगायतका निर्वाचन आचारसंहिता विपरितका कार्यहरू गर्दै आएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत आम मतदाता, निर्वाचन आयोग, निर्वाचन अनुगमनका लागि खटिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरू, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ,” पोख्रलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्