site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा पनि चल्यो डोजर, अतिक्रमण गरी बनाइएका संरचना भत्काइँदै
Tiktok banner adTiktok banner ad

धनगढी । धनगढीको मुख्य सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना बुधबारदेखि भत्काउन सुरु गरिएको छ । 

धनगढी उपमहानगरकाे सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख गोपाल हमाल आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् । 

सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेर गरेपछि नगरप्रमुख हमाल आफैँ डोजर लिएर सडकमा निस्केका हुन् । उपमहानगरपालिकाले बुधबार धनगढीको अस्पताल लाइनमा रहेका सटरहरू भत्काउन सुरु गरेको छ । 

“सडक नक्साभित्र परेका घरधनीहरूलाई सूचना दिएका थियौँ,” नगरप्रमुख हमालले भने, “केहीले अटेरी गरेपछि डोजर लिएर हामी आफैँ भत्काउने अभियानमा लागेका हौँ ।”

Dhangadhi Dozer 11667385671.jpg

प्रदेशको अस्थायी मुकाम र मुख्य सहरका रूपमा रहेको धनगढीको मुख्य बजार साघुँरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो । 

उपमहानगरले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक चौडा बनाउन लागेको हो । 

सडक चौडा बनाउन केही घरधनीहरूले उपमहानगरपालिकोको प्रविधिक सहयोगमा आफैँ संरचना हटाइसकेको उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख दिजराज भट्टले बताए । 

मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका थिए । ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना उपमहानगरको छ । सडक निर्माणका लागि परामर्शदातामार्फत सर्भेको काम भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro