site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतद्वारा ३६ निजी इन्टरनेट भूउपग्रह बोकेको रकेट प्रक्षेपण 

नयाँदिल्ली । भारतले आइतबार बिहान सबेरै ३६ वटा निजी इन्टरनेट भूउपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।

युक्रेन युद्धको कारण महिनौँदेखि रोकिएको पृथ्वीको कक्षमा घुम्ने भूउपग्रहको सङख्या बढाउने यो अभियानले सफलता पाएको हो । 

दक्षिण भारतबाट प्रक्षेपण गरिएको यो रकेट लन्डनस्थित वनवेवका लागि गरिएको पहिलो प्रक्षेपण हो । मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि भारतको रुसी अन्तरिक्ष निकायसँगको सम्बन्ध र सहकार्य टुटेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतको अन्तरिक्ष निकायका अध्यक्ष एस.सोमनाथले भनेका छन्, “हामीले सही तरिकाले प्रक्षेपण समपन्न गर्‍याैँ । अहिले रकेट पृथ्वीको लक्षित कक्षमा रहेको छ । १६ वटा भूउपग्रहलाई कक्षमा प्रवेश गराइएको छ । पहिलो १६ वटा जस्तै बाँकी २० वटा भूउपग्रहलाई पनि सुरक्षित ढंगले छुट्याइने आशा राखेका छौँ ।” 

वनवेवले अहिलेसम्म योसमेत ४ सय ६२ वटा भूउपग्रह प्रक्षेपण गरिसकेको छ । यस कम्पनीले विश्वभरि ब्रोडब्यान्ड सेवा सुचारु गर्न आवश्यकमध्ये ७० प्रतिशत भन्दा बढी भूउपग्रह प्रक्षेपित भइसकेको जनाएको छ ।

यसवर्षको कार्यक्रममा अवराेध आएपनि आगामी वर्ष पूर्वनियोजित ६ सय ४८ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्ने काम पूरा गर्ने वनवेवले जनाएको छ ।

प्रत्येक वनवेव क्षेप्यास्त्रको तौल करिब १ सय ५० किलोग्राम रहेको छ । 

यसअघिका सम्पूर्ण वनवेव उडान रुसी रकेटमा हुने गरेको थियो । पहिलो उडान सन् २०१९ मा सुरु भएको थियो ।

स्राेत : एपी ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  २२:२३
प्रतिक्रिया दिनुहोस्