site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
डिशहोम १२खरी कथा प्रतियोगिता–२०७९ : उत्कृष्ट २५ कथा समकालीन समयको अनुहार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९ मा उत्कृष्ट कथाकारलाई आइतबार एक समारोहका बीच पुरस्कृत गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रथम, द्वितीय र तृतीयसहित २५ कथाकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

चौथो संस्करणका उत्कृष्ट कथाकारहरूलाई शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका अध्यक्ष हेमराज ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सिटी मनि एक्सप्रेसका निर्देशक कृष्ण पौडेल, नेपाल इन्भेष्टमेन्ट बैंकका डीजीएम विजेन्द्र सुवाल, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसी, कार्यकारी सम्पादक गोविन्द अधिकारीलगायत व्यक्तिले खादा, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरेका थिए ।

adfkmgm1666512470.jpg

Dabur nepal
Agni Group

पुस्तकको विमोचन प्रमुख अतिथि केदारभक्त माथेमा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् माथेमाले बाह्रखरीले आयोजना गर्दै आएको कथा लेखन प्रतियोगिता सराहनीय कार्य भएको बताए । कथामा ठूलो शक्ति हुने भन्दै उनले यसको अध्ययनले वृत्तिविकास गर्ने बताए ।

आफूलाई कथाले भावुक बनाउने र यसले मानव सभ्यतालाई नै फराकिलो बनाउने उनको बुझाइ छ । यसकै लागि आफूले नेपालीसँगै विश्व साहित्यको समेत अध्ययन गर्ने गरेको उनले बताए ।

समाजको अध्ययन र विकासका लागि भूमिका खेल्ने कथाको उत्थानका लागि बाह्रखरीले गर्दै आएको यो प्रतियोगिताले निरन्तरता पाउने उनको विश्वास छ ।

312107843_654510079421496_7216477031645955797_n1666512963.jpg

डिशहोमका अध्यक्ष हेमराज ढकालले बाह्रखरीले यो प्रतियोगिता जारी राख्दासम्म सहकार्य गर्ने प्रतिबद्धता जनाए । डिशहोम प्रतियोगिताको टाइटल स्पोन्सर पनि हो ।

मिडियाभन्दा माथि उठेर कथा प्रतियोगिता गरेको भन्दै उनले कथा समाजको चित्र भएको र यसलाई नबुझे समाज बुझ्न नसकिने बताए । कथा पढ्ने संस्कार यो प्रतियोगिताले बढाएकाले यसले निरन्तरता पाउनुपर्नेमा उनले जोड दिए ।

यस्तै, ‘१२खरी उत्कृष्ट कथा–२०७९’ का निर्णायकहरूले उत्कृष्ट २५ कथा समकालीन समयको अनुहार भएको बताए । नेपालको अहिलेको समयको विषय र शैलीलाई प्रतियोगिताका उत्कृष्ट कथाले समेटेको निर्णायकहरू डा. कुमारप्रसाद कोइराला, उमा सुवेदी र सगुना शाहले उल्लेख गरे । तीनैजना यस प्रतियोगिताका निर्णायक हुन् ।

312485388_406174698395393_4030032195622640338_n (1)1666516163.jpg

कार्यक्रमअन्तर्गत अन्तरक्रियामा निर्णायक उमा सुवेदीले ‘१२खरी उत्कृष्ट कथा–२०७९’ मा प्राप्त कथा समकालीन समयका कथा भएको बताइन् । कथाले समाजको दुःख र सुखका विषय समेटेको उनको भनाइ छ ।

नदेखेको कथा र नयाँ शिल्प प्राप्त कथामा रहेको पाइएको उनले बताइन् । “दलित र आदिवासीका कथा छन्, जुन समाजले भोग्दै र देख्दै आएको छ । यी विषय हाम्रै समाजका विषय हुन्,” उनले भनिन् ।

विभेदमा रहेका व्यक्तिको कथा लेख्दा त्यसमा भने कथाकार सचेत हुनुपर्नेमा उनको जोड छ । अहिलेको पुस्ताले यसमा ख्याल गर्न सके नेपाली कथाको आकार थप बढ्ने उनको भनाइ छ ।

निर्णायक सगुना शाह नेपाली कथा नेपालबाहिर जान नसक्नुको कारण विश्व साहित्यको अध्ययनमा कमी रहेको बताउँछिन् । ५० वर्ष अगाडिको कथाकै शैली र विषय अहिले पनि रहेको उनको भनाइ छ । यद्यपि, कमजोर भने नरहेको उनले बताइन् ।

फरक–फरक परिवेश, भाषा र समाजबाट प्रतिनिधित्व गर्ने व्यक्तिले कथा लेख्दा त्यसको प्रतिबिम्ब स्पष्ट देखिएको र यो ‘१२खरी उत्कृष्ट कथा–२०७९’ को सुन्दर पक्ष भएको उनको भनाइ छ । 

akdfmdgm1666512629.jpg

अर्का निर्णायक तथा निर्णायकमण्डलका संयोजक डा. कुमारप्रसाद कोइरालाले पछिल्लो समय नेपाली कथामा परिष्कार आएको बताए । कथा कसैको शैलीमा अगाडि बढ्नुपर्ने जरुरी नरहेको उनले स्पष्ट पारे । ‘१२खरी उत्कृष्ट कथा–२०७९’ मा प्राप्त कथा यथार्थवादसँगै नयाँ प्रयोग पनि भएको उनको भनाइ छ ।

साहित्य मूल्यांकनको आफ्नै आधार रहेको भन्दै कोइराला भन्छन्, “मूल्यांकनको आधार बनाएर हामीले कथाको मूल्यांकन गर्‍यौँ । आग्रह र पूर्वाग्रहविना मूल्यांकन गरेका छौँ । हामी निर्णायकभित्रै पनि कसैले कसैलाई प्रभाव पार्ने काम भएको छैन । स्वतन्त्र मूल्यांकन भएको छ ।”

प्राप्त कथाको कमजोरी भाषिक र शाब्दिक पक्ष भएको भन्दै यसलाई पठनीय बनाउन सक्नुपर्ने र यही नै मुख्य चुनौती भएको उनले उल्लेख गरे । कथा लेखनको ‘टेक्निक’लाई पक्रिएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । यद्यपि, गुरुप्रसाद मैनालीको कथा लेखन शैलीबाट नेपाली कथा लेखनको शिल्प अगाडि बढेको उनको भनाइ छ । रोनाधोना मात्र कथाको विषय र शैली नहुने उनले बताए ।

312614751_440594158185049_6060529768898103369_n1666513042.jpg

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिताले उचाइ लिँदै गरेको बताए । जुन देशको साहित्य धनी हुन्छ, त्यो देश सम्पन्न हुने उनको भनाइ छ ।

हरेक प्रतियोगितामा केही न केही विवाद हुने गरेको तर त्यो व्यक्तिको सोच र रुचिका आधारमा मूल्यांकन गरिने भएकाले स्वाभाविक भएको उनको धारणा छ । निर्णायकबाहेक कसैको पनि मूल्यांकनमा भूमिका नहुने उनले स्पष्ट पारे ।

“हामीले योपटक बाह्रखरी उत्कृष्ट कथा–२०७९ संग्रहमा अग्रज कथाकारहरूको अप्रतियोगी कथा पनि समावेश गरेका छौँ,” उनले भने, “यसको कारण उत्कृष्ठ २५ कथाहरूसँगै स्थापित कथाकारहरूको कथा समावेश हुँदा पुस्तक थप बलियो हुन्छ भनेर हो ।”

प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो भएका कथाकारले लिटरेचर फेस्टिभलमा छुट्टै सेसन पाउने प्रधानसम्पादक प्रधानले जानकारी दिए ।

पुस्तक प्रकाशक फाइन प्रिन्टले गरेको आग्रह बाह्रखरीले स्वीकार गरेको र यो एउटा अवसर पनि भएको उनले बताए ।

p11666512044.jpg

कार्यक्रममा फाइन प्रिन्टका निर्देशक निरज भारीले बाह्रखरी कथा प्रतियोगिताले साहित्यको क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै पोखरामा हुने लिटरेचर फेस्टिभलमा तीन उत्कृष्ट कथाकारलाई उपस्थित गराइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौला, नायिका करिष्मा मानन्धर, नायक प्रदीप खड्का, निर्देशक दिनेश राउत, निर्देशक तथा निर्माता सन्तोष सेन, हास्यकलाकार किरण केसी, कलाकार तथा निर्माता निर्मल शर्मा, निर्देशक केपी पाठक, गायक धीरज राई, युवराज चौलागाईं, नायक तथा निर्माता नवल खड्कालगायत व्यक्तिको उपस्थिति थियो ।

कार्यक्रमको बाह्रखरी फेसबुक पेज, एनएनटीभी र सरोकार टीभीबाट लाइभ प्रसारण भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu