site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
नवीन अभिलाषीको ‘दमाहा’ डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा प्रथम 

काठमाडौं । कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ चौथो संस्करणको डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा प्रथम भएको छ । आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरी विजेताको घोषणा गरिएको हो । उनले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानलगायत व्यक्तिले ट्रफी, चेक, प्रमाणपत्र प्रदान गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

311880330_1544841316036346_8637040943005950791_n (1)1666512688.jpg

यस्तै, रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ । थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । उनलाई प्रमुख अतिथि माथेमा, वाणिज्य बैंकका सीईओ श्रेष्ठ, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायत व्यक्तिले ट्रफी, प्रमाणपत्र, नगदले सम्मान गरेका थिए ।

312553811_5522322257852238_4818462086125102123_n1666512714.jpg

यस्तै, कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ । न्यौपानेले ट्रफीसहित ४० हजार रुपैयाँ नगद प्राप्त गरेकी छन् । उनलाई प्रमुख अतिथि माथेमा, वाणिज्य बैंकका सीईओ श्रेष्ठ, बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीलगायत व्यक्तिले ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको बाह्रखरी फेसबुक पेज, एनएनटीभी र सरोकार टीभीबाट लाइभ प्रसारण भएको थियो । 

311880330_521435362815431_5908031051574275841_n1666512761.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्