site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९ को नतिजा सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिशहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ को नतिजा सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजनाबीच नतिजा सार्वजनिक गरिएको हो ।

डिशहोम १२खरी कथा लेखनको चौथो स्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, यूएई, मलेसियालगायत मुलुकबाट ५९६ कथा प्राप्त भएका थिए । तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका छन् । उत्कृष्ट २५ भित्रबाट प्रथम, द्वितीय र तृतीय कथा पनि छनोट गरिएको छ । साथै, २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७९’ पनि लोकापर्ण गरिएको छ ।

312561434_971748757551445_7777145685942935914_n1666512872.jpg

Dabur nepal
Agni Group

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा, डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायत व्यक्तिले उत्कृष्ट २५ कथाकारहरूलाई प्रमाणपत्रसहित प्रथम, द्वितीय र तृतीय हुन सफल विजेताहरूलाई ट्रफी, नगद, प्रमाणपत्र प्रदान गरे ।

311880330_521435362815431_5908031051574275841_n1666512761.jpg

प्रतियोगितामा यसपटक कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ । उनले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ । थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

यस्तै, कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ । न्यौपानेले ट्रफीसहित ४० हजार नगद प्राप्त गरेकी छन् ।

सोही अवसरमा प्रमुख अतिथि माथेमाले ‘१२खरी उत्कृष्ट कथा–२०७९’ पुस्तकको लोकार्पण गरे ।

१२खरी कथा लेखन प्रतियोगिता–२०७९ मा अजित रुपाबुङको ‘अब रुन्नँ कहिल्यै’, काशीलाल अधिकारीको ‘धमेलो’, डा. गोमा अधिकारीको ‘बालन’, चन्दन अर्यालको ‘नियति’, चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल’, जनक कार्कीको ‘विरुपाक्ष’, जीवन खत्रीको ‘लेख्न नचाहेको कथा’, दीपेन्द्र दोङ तामाङको ‘देवता बनाउने मान्छे’, दुर्गा ढेँगाको ‘भोक’, द्वैपायन रेग्मीको ‘म अश्वत्थामा’, डा. नवीनबन्धु पहाडीको ‘निर्धो समय’, नवीन अभिलाषीको ‘दमाहा’ उत्कृष्ट २५ कथाभित्र परेको छ ।

312364880_1079709076069051_2195102672399217539_n1666512931.jpg

यस्तै, पूजा आराधनाको ‘बयान’, प्रतीक्षा घिमिरेको ‘ढक–ढक’, प्रोल्लास सिन्धुलीयको ‘मच्छिनी–दंशन’, महेन्द्र महकको ‘क्षतिपूर्ति’, मोहित जोशीको ‘हेबियस कोप्र्स’, रमा अधिकारी कादम्बरीको ‘पुरुष वेश्या’, रमेशजंग थापाको ‘डढेको आकाश’, राधिका कल्पितको ‘मालती मिस’, रुमु न्यौपानेको ‘घूँघट’, डा. विनोद ढकालको ‘व्यार’, वीरसिंह विश्वकर्माको ‘काँठीबच्छी’, सेसे फुङको ‘नागरिकता’ र सिर्जु शाहको ‘कचेरा’ उत्कृष्ट २५ कथाभित्र पर्न सफल भएको छ ।

यसपटकदेखि उक्त कृतिमा वरिष्ठ आख्यानकारका पाँच कथा पनि समावेश गरिएको छ । ‘१२खरी उत्कृष्ट कथा–२०७९’ कृतिमा आख्यानकारहरू डा. ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, राजव तथा अविनाश श्रेष्ठका कथाहरू पनि समेटिएको छ ।

312107843_654510079421496_7216477031645955797_n1666512963.jpg

चौथो संस्करणका उत्कृष्ट कथाकारहरूलाई शिक्षाविद् माथेमासँगै डिशहोमका अध्यक्ष हेमराज ढकाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सिटी मनि एक्सप्रेसका निर्देशक कृष्ण पौडेल, नेपाल इन्भेष्टमेन्ट बैंकका डीजीएम विजेन्द्र सुवाल, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसी, कार्यकारी सम्पादक गोविन्द अधिकारीलगायत व्यक्तिले खादा, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरेका थिए ।

सोही अवसरमा अतिथि कथाकारहरूलाई पनि सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको टाइटल स्पोन्सर रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक, किया मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, अजोड इन्स्योरेन्स र सिटी मनि एक्सप्रेस प्रायोजक रहेका थिए ।

प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित ३० कथाको सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७९’ फाइन प्रिन्टले प्रकाशित गरेको हो । कृतिको सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गरेका हुन् ।

312614751_440594158185049_6060529768898103369_n1666513042.jpg

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. कुमारप्रसाद कोइराला संयोजक थिए भने अध्येता सगुना शाह र कथाकार उमा सुवेदी सदस्य थिए । आन्तरिक मूल्यांकन समितिमा बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारी र राजेश खनाल रहेका थिए ।

लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समयमा कथा लेखनप्रतिको आकर्षण कम हुँदै गएका कारण १२खरी बुक्सले कथा प्रतियोगिताको आयोजनालाई महत्त्व दिँदै आएको हो । यो कथा प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतको सहभागिता रहने गरेको छ ।

कार्यक्रमको बाह्रखरी फेसबुक पेज, एनएनटीभी र सरोकार टीभीबाट लाइभ प्रसारण भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu