site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ जिप दुर्घटना : मृतक ६ मध्ये चारजनाको सनाखत, घाइते १३ जनाको उपचार हुँदै
Tiktok banner adTiktok banner ad

धनगढी । बझाङमा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा बझाङ मष्टा गाँउपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी र ११ वर्षीय बालक प्रचण्ड खड्काको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए र

बझाङ सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कंदै गरेको  सुप प्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

घाइते हुनेमा मष्टा–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा– १ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षिया हेमन्ती सिंह रहेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro