अविच्युरी
चितवन । व्यवसायी तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीलाई मातृशोक परेको छ । उनका आमा भुपा कुमारी जोशीको ७२ वर्षको उमेरमा विहीवार चितवनमा निधन भएको हो ।
स्वर्गीय जोशी केही समय देखि अस्वस्थ थिइन् । उनको चिवतनस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
उनका चार छोरा र एक छोरी छन् । नेपाल र अमेरिकामा व्यवसाय गर्दै आएका गौरी जोशी माहिला छोरा हुन् । आमाको स्वास्थ्य र हेरविचारका लागि केही दिन देखि गौरी जोशी नेपालमै थिए ।
शुक्रवार विहान देवघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। जोशी परिवारमा परेको यो शोक प्रति एनआरएनए पदाधिकारी लगायतले गहिरो दु:ख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ ०९:३०
प्रतिक्रिया दिनुहोस्