देश

काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा डा. अतुल उपाध्याय चयन भएका छन् । बुधबार उनी नेतृत्वको टिम निर्विरोध चयन भएको हो ।
उपाध्यक्षमा होमनाथ न्यौपाने, महासचिवमा प्रवीण ओझा, सहसचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा भारती अधिकारी चयन भएका छन् । यसैगरी सदस्यमा डा. आलोक श्रेष्ठ, हरिप्रसाद खनाल, रवीन्द्र झा, विवेक बन्जाडे, गोविन्दराज जोशी र दीपा लामिछाने चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि डा. उपाध्यायले खाद्यसम्बन्धी नीतिगत योजना, निजी क्षेत्रसँग समन्वय, अध्ययन अनुसन्धान तथा जनचेतना अभिवृद्धिका कामहरू गर्ने बताए ।
उनले आफूहरूको प्राथमिकता राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ कार्यान्वयन गराउन पहल गर्ने रहेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ २१:५६
प्रतिक्रिया दिनुहोस्