site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
जोडी आउँदा हिट, एक्लै आउँदा...
SkywellSkywell

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल जबजब पर्दामा एक साथ देखिन्छन् । उनीहरूका चलचित्रले बक्सअफिसमा ‘कमाल’ गर्छन् । पछिल्लो उदाहरण ‘कबड्डी’ लिए हुन्छ । अलि अगाडि जाने हो भने ‘लुट’ । 

‘लुट’ उच्च व्यापार मात्रै होइन कन्टेन्ट र प्रस्तुतिका हिसाबले पनि ट्रेन्ड सेटर चलचित्र हो । ‘कबड्डी’ व्यापारको ग्राफ उचाल्ने चलचित्र । 

Dabur Nepal
NIC Asia

तर, सिनेमामा यो जोडी निकै कम मात्रै एकसाथ देखिन्छ । रंगमञ्चको पृष्ठभूमीबाट चलचित्रको यात्रा तय गरेका दयाहाङ र सौगात ‘लुट’ यता लोकप्रिय अभिनेताको छवि बनाएका कलाकार पनि हुन् । यी दुईको छवि निकै लोभलाग्दो छ । परिणाम दुवै ‘अलटाइम विजी’ अभिनेता हुन् । हाइप बनाएका हुन् अथवा पब्लिसिटी नै नगरी आउने सिनेमा हुन्, उनीहरूका चलचित्र बाक्लै आइरहेका हुन्छन् ।
 
रोजाइका नायक, पारिश्रमिक महँगो त हुने नै भयो । तर, उनीहरूका चलचित्रले एकाधबाहेक आफ्नो छविजस्तो लोभलाग्दो व्यापार गरिरहेका भने हुँदैनन् । उनीहरूको क्यारेक्टरको आलोचना भने कमै हुँदै आएको छ । तर, पछिल्लो समय उनीहरू आलोचनामुक्त पनि छैनन् । दयाहाङलाई लगातार स्टोरियोटाइप क्यारेक्टरमा आइरहेको आरोप बाक्लै लाग्दै आइरहेको छ भने सौगातलाई लाउड अभिनय गरेको आलोचनाले पछ्याइरहेको छ । 

चलचित्रको कथा एक्लै काँधमा बोक्दा बक्स अफिसमा खासै जम्न नसेकका उनीहरू अहिले पुनः एकसाथ देखिने तयारीमा छन् । चलचित्र ‘दुई नम्बरी’मा उनीहरू एक साथ देखिँदैछन् । यो चलचित्रमा दयाहाङ र सौगात साथीको भूमिकामा छन् । उनीहरूले एउटै कथामा स्क्रिन सेयर गरेको यो चलचित्रले बक्सअफिसमा कस्तो कलेक्सन गर्छ, त्यो भने हेर्न बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro