
टोक्यो । कालो रङको जापानी परम्परागत पोसाक लगाएकी पूर्वप्रधानमन्त्री सिन्जो आवेकी विधवा पत्नी अकीले आफ्नो पतिको अस्तु राखिएको तथा रेशमी कपडाले मोडिएको अन्त्येष्टि भाँडो बोकेर विस्तारै हिँडिन् । उनले त्यसलाई सेता फूलले सजाइएको तख्तामा राखिन् । त्यसमाथि जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको भूमिका निभाएका आवेको एउटा विशाल तस्बिर झुण्डिएको थियो । यो महत्त्वपूर्ण दृश्य आवेको अत्येष्टि कार्यक्रमको हो ।
दोस्रो विश्व युद्धयता यसअघि एकपटक मात्र यसरी नै एक राजनीतिज्ञको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो । ठूलो विवादसँगै मंगलबार आवेको अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको हो । यसमा विश्वका नेताहरू, त्यसमा पनि बढी संख्यामा जापानको गठबन्धनका र स्थानीय व्यक्तित्व गरी हजारौँ व्यक्तिको सहभागिता रहेको थियो ।
यस कार्यक्रमविरुद्ध जापानी जनताले मार्चको समेत आयोजना गरेका थिए । यो एक दिन र कार्यक्रमको दौरान जापानी समाजलाई बीचबाट काटिएको देखिएको छ । यो आवेको जटिल र प्रायः विभाजनकारी विरासतको संकेत हो ।
६७ वर्षीय आवेको जुलाईमा एउटा चुनावी र्यालीमा सरिक हुने क्रममा आक्रमणकारीबाट घरमै निर्मित बन्दुकबाट दुई गोली प्रहार गरी हत्या भएको थियो ।अधिकांश जापानी उनले मूलकमा सुरक्षा र स्थिरता कायम राखेको ठान्दछन् ।

झण्डै ६० प्रतिशत जनताको विरोध बाबजुद अत्यन्तै महँगो अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको हो ।
राजधानी टोक्योको बुदोकान बाहिर उनलाई श्रद्धान्जली व्यक्त गर्न पुष्पगुच्छा लिएर उभिनेको तीन किलो मिटर भन्दा लामो लाइन लागेको थियो ।
तर श्रद्धाञ्जली सभास्थलदेखि अलिकति मात्रै पर रहेको जापानी संसद् भवन बाहिर हजारौँ व्यक्तिले चिच्याएर रिस प्रकट गर्दै यस कार्यक्रमको विरोध गरेका थिए ।
बीबीसीबाट ।