site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको प्रवर्नद्धन गर्न आवश्यक : परिसंघ अध्यक्ष अग्रवाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन् । उनले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवर्नद्धन र विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।  

विश्व पर्यटन दिवसको अवसरमा नेपाल उद्योग परिसंघको पर्यटन परिषद्ले नेपालको कला संस्कृतिलगायत नयाँ पर्यटकीय सम्भावनाहरू उजागर गर्ने विषयमा गरेको कार्यक्रममा अध्यक्ष अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए । 

परिसंघको उपाध्यक्षसमेत रहेका परिसंघ पर्यटन परिषद्का सभापति राजबहादुर शाहले कोभिड १९ को असरबाट विस्तारै बाहिर आएको निजी क्षेत्रलाई बलियोसँग उभिएर पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताए । नागरिकस्तरबाट पनि कोभिडका समयमा बढेको आन्तरिक घुमफिरको ट्रेन्डले निरन्तरता पाउन सके पर्यटन व्यसायीहरूलाई नयाँ गन्तव्यहरू खोज्न, नयाँ प्रडक्ट, प्याकेजहरू ल्याउन उत्साह मिल्ने उनले बताए ।  

यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘रिथिङ्किङ टुरिज्म’ रहेको सन्दर्भमा परिसंघको पर्यटन परिषद्ले तयार पारेको नेपालको आगामी पर्यटनको कार्यदिशा सम्बन्धी सुझाव सहितको योजना परिसंघका महानिर्देशक दिपकराज जोशीले प्रस्तुत गरेका थिए । उक्त सुझाव पर्यटनसँग सम्बद्ध निजी तथा सरकारी निकायहरूलाई उपलब्ध गराइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro