देश
काठमाडौं । कोभिड–१९ को संक्रमण घटेसँगै १४ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । संक्रमितमुक्त हुनेमा ताप्लेजुङ, तेह्रथुम, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, रोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला छन् ।
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा २१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा २० र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् । थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्याकामा सक्रिय संक्रमितको संख्या ६६७ मा झरेको छ ।
आज एक हजार १३० जना होम आइसोलेसनमा र ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये १० जना अईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्