site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गणतन्त्रको अभ्यास गरिसकेको बेलायतको राजतन्त्र विश्वमै किन लोकप्रिय छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायतमा सात दशकभन्दा लामो समय राज गरेकी महारानी एलिजाबेथ द्वितीयाको कालखण्ड समाप्त भएको छ । 

९६ वर्षको उमेरमा भदौ २३ गते राति उनको निधन भएको हो ।  सन् १९२६ को अप्रिल २१ मा लन्डनमै जन्मिएकी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको हो ।

बेलायतमा सबैभन्दा लामो शासन गर्ने राष्ट्राध्यक्षमा रानी एलिजाबेथ नै पर्छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विण्डसर किल्लाभित्र उनको शरीरलाई उनका पिता महाराज जर्ज छैठौं तथा उनका पति राजकुमार फिलिपको शरीरसँगै गाडिएको छ ।

बेलायतको सिंहासनमा ७० वर्ष राज गरेकी महारानी स्वर्गीय एलिजाबेथ द्वितियाको अन्तिम संस्कारको समारोहमा युरोपका राजा रानीहरु, जापानका सम्राट, प्रभावशाली राष्ट्रप्रमुखहरु र लब्ध प्रतिष्ठित व्यक्तित्वहरु गरी पाँचसय पाहुनाहरु उपस्थित थिए । 

Global Ime bank

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भए । बेलायतको चर्चित संस्थामध्येको एक राजसंस्थाको यी महारानीको अन्तिम बिदाई हेर्न १० लाख मानिसहरु लन्डनमा सहभागी भएका थिए भने करोडौँ मानिसले टीभी र अनलाइनमाध्यमबाट हेरेका थिए ।

नेपालमा पनि केही समयअघि राजतन्त्र थियो । पूर्वराजा वीरेन्द्र शाहको पारिवारिक हत्यापछि राजा बनेका ज्ञानेन्द्र शाहलाई वि.सं २०६२/०६३ को दोस्रो जनआन्दोलनले पदच्यूत गरेको थियो ।

नेपालमा राजतन्त्र ‘अनपपुलर ओपिनियन’  भए पनि बेलायतको राजतन्त्रले भने विश्वको ध्यान खिचेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । सामाजिक सञ्जालदेखि चलचित्र र वृत्तचित्रमा बेलायती राजसंस्था चर्चित छ । नेटफ्ल्क्सिको द क्राउन सिरिज राजकुमारी डायना, स्वर्गीय महारानी एलिजाबेथ र हालका राजा चाल्र्सको बारेमा केन्द्रित छ । हुनत राजतन्त्र जापान, स्वेडन, डेनमार्क, स्पेनलगायतका देशमा पनि छ । 

तर बेलायतको जस्तो विश्वविख्यात हुन सकेको छैन । आखिर विश्वमै नागरिकद्वारा शासित तन्त्र वकालत भइरहँदा बेलायतको राजतन्त्र भने किन सधैँ चर्चामा ? 

अर्थशास्त्री भीम भुर्तेलका अनुुसार यसका धेरै कारणहरु छन् । उनी भन्छन्, “बेलायत संसारमा शासन गरेको, कहिल्यै सूर्य अस्त नहुने देश भनेर चिनिन्थ्यो । राजाले लामो समयदेखि राजनीतिमा दख्खल नदिएको, राजसंस्था राष्ट्रिय एकताको प्रतीक केही कारण हुन् ।” 

राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुँदा बेलायतको राजसंस्था हटाउन दबाब थियो ।

बेलायतमा हाउस अफ कमन्सले चाहेमा राजतन्त्र राख्ने कि नराख्ने भनेर एउटा बिल अनुमोदन गरेर हटाउन सक्छ । त्यसबेला राजतन्त्र समाप्त हुने अवस्थामा पुगेको थियो । 

तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयर र महारानी एलिजाबेथको कारणले त्यो जोगिएको भुर्तेल सुनाउँछन् । भन्छन्, “यसको पछाडि आर्थिक कारण छ । संसारभरबाट बकिङ्घम प्यालेसमा महारानीलाई हेर्न आउँथे । लाखौँ मानिसले हेर्न आउँदा कम्तिमा एक सातामा २ सय पाउण्ड खर्च गर्यो भने पनि कति व्यापार बढ्छ होला ?”

प्रत्येक वर्ष ५० हजारभन्दा बढी पर्यटकले मात्रै बकिङ्घम प्यालेस घुम्न आउँछन् । 

यस्तै, विश्वव्यापी कोरोना भाइरसअघि सन् २०१९÷०२० मा शाही भवनहरुको भ्रमणबाट मात्रै करिब ७० मिलियन पाउण्ड आम्दानी भएको थियो । 

यही आर्थिक कारणले गर्दा बेलायतमा लेबर पार्टी होस् या कन्जर्भेटिभ (टोरी) पार्टी हुन्,  राजतन्त्रलाई समर्थन गर्दै आएको जानकारहरु बताउँछन् । 

कन्जर्भेटिभ पार्टीमा त राजपरिवार निकट सदस्य धेरै छन् । पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन पनि राजतन्त्र परिवारका नजिकका आफन्त मानिन्छन् । 

समयअनुुसार राजसंस्थाले आफैँलाई बदल्न सकेकोले पनि राजसंस्था चर्चित भएको जानकारहरु बताउँछन् । 

स्वर्गीय महारानीको जेठो नाती विलियमले मध्यम वर्गीय केट मिडल्टनसँग बिहे गरेका थिए भने कान्छा ह्यारीले अझ एककदम अघि सरेर अमेरिकी अभिनेत्री अश्वेत माता र श्वेत पिताबाट जन्मेकी मेघान मार्कलसँग विवाह गरेका थिए । 

जुन हालका राजा चार्ल्सको पालामा सम्भवना नै थिएन । बेलायतको राजतन्त्र परम्परा र परिवर्तनको निरन्तरता दिइरहेको संकेत मानिन्छ । त्यसकारणले पनि त्यहाँको राजतन्त्र पपुलर भएको त्रिभुवन विश्वविद्यालयका प्रा. डा. पुष्पराज अधिकारीले बताए । 

अन्य देशमा राजतन्त्र भए पनि विश्व राजनीतिमा प्रभाव नभएर नभएकोले चर्चामा नरहेको अधिकारी बताउँछन् । 

सन् १९५६सम्म बेलायत विश्वकै सुपर पावर देश थियो । अहिले सानो भए पनि अझै ऊसँग संयुक्त राष्ट्रसंघको भिटो पावर छ । अहिले पनि कमनवेल्थ (बेलायतका पूर्व उपनिवेश राष्ट्रहरुको समूह) का ५६ सदस्य राष्ट्रहरुमा १४ मुलुकले बेलायतको राजसंस्थालाई राष्ट्र प्रमुख मान्छन् । 

यस्ता मुलुकहरुमा क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलिज तथा क्यारेबियन टापुहरू जमैका, सेण्ट लुसिया, सेण्ट भिन्सेन्ट तथा ग्रेनाडिन, ग्रेनाडा, द बहामास, र एण्टीगुवा र बर्बुडा पर्दछन् ।

यी कमनवेल्थ सदस्य राष्ट्रहरुलाई बेलायतले आर्थिकलगायतका सहयोग गर्दै आएको छ । यसका अलवा विश्वप्रसिद्ध शैक्षिक संस्थाहरु, बेलायतको ब्रिटिश काउन्सिल र बीबीसी रेडियोले सफ्ट पावर फैलाउन काम गरिरहेको भुर्तेल बताउँछन् । भन्छन्, “इकोनोमिक्स, मेडिकल र साइन्टिफिक दश उत्कृष्ट जर्नलमा आधा यहीँबाट प्रकाशित हुन्छन् । सन् १९०० पछि धेरै जसो साइन्टिफिक ब्रेक थ्रु बेलायती वैज्ञानिकले गरेका छन् । यही पुँजीले विश्वसनियता बढाएको छ ।”

जनवरी ३१ सन् २०२० मा बेलायतले युरोपियन युनियन (इयु)बाट आफूलाई अलग्यायो । त्यसको असर स्वरुप बेलायतमा राजनीतिक संक्रमणले अहिले लिज ट्रसको रुपमा तेस्रो प्रधानमन्त्री भित्र्याएको छ । 

ट्रस उनै हुन् जसले कुनै बेला बेलायतको राजसंस्थाको पतनको लागि सार्वजनिक वक्तव्य दिएकी थिइन् । 

बेलायतले इयुबाट बे्रक लिनुको मुख्य कारण नै क्षेत्रीय रुपमा आफ्नो प्रभुत्व देखाउन नपाएपछि सदस्यता त्यागेको प्रा. डा. अधिकारी र अर्थशास्त्री भुुर्तेलको भनाइ छ । 

अब फेरि बेलायतले विश्वमा आफ्नो प्रभाव कायम राख्न ग्लोबल ब्रिटेनले अवधारणा ल्याएको अर्थशास्त्री भुर्तेल थप्छन् । 

बेलायतमा अर्थशास्त्र पढेर आएका उनी भन्छन्, “बेलायतीहरुले आफूलाई सबै क्षेत्रमा ग्लोबल पावरको रुपमा देखाउन सुदृढीकरण गरिरहेका छन् । त्यसैले बेलायत र त्यहाँको महारानीको चर्चा हुन्छ ।” 

तर, नेपालमा राजसंस्था फालिनु र यसको बारेमा चर्चा नहुनु फरक कारण रहेको प्रा. डा. अधिकारी औँल्याउछन् । 

भन्छन्, “नेपालको संवैधानिक राजतन्त्र हो । यहाँको संविधानले नै राजालाई सक्रिय हुने अधिकार दिएको थियो । बेलायतको जस्तो मानार्थ होइन ।” 

तर अर्थशास्त्री भुुर्तेल महारानी एलिजावेथलाई आफ्नो फरक अनुभवका कारण सम्झिन चाहन्छन् । 

सन् २००८ मा विकसित देशमा वित्तीय संकट आयो । त्यसको एक वर्षपछि लन्डनमा इकोनोमिक्स कन्फ्रेरेन्स भएको थियो । त्यहाँ विश्वका एकसे एक अर्थशास्त्रीहरु थिए । महारानीले भाषण गरिन् । भाषणमा महारानीले भनिन्, बेलायतमा अक्सफोर्ड, क्याम्ब्रिज र लन्डन स्कूल अफ इकोनोमिक्स जस्ता विश्वविद्यालयहरु छन् । 

“विश्वमा यति धेरै अर्थविद्हरु छन् । तर, यो संकट आउँदैछ भनेर किन कोही विज्ञहरुले भन्न सकेनन् । संकट टार्न किन कुनै उपाय लगाउन सकेनन्,” एलिजाबेथलाई उद्धृत गर्दै उनले भने, “अर्थशास्त्रीहरुको विश्वसनियतामा प्रश्न गर्ने उनी संसारकै सबैभन्दा उच्च व्यक्तित्वहरुमध्ये एक थिइन् ।” 

बेलायतको राजतन्त्रले कहिलेबाट ख्याति कमायो ?

कुनै बेला राजतन्त्र फालेर गणतन्त्रको अभ्यास गरेको बेलायतमा राजतन्त्र सधैँ आजजस्तो प्रसिद्ध थिएन । सन् १६४९ मा बेलायतका राजा चार्ल्स प्रथमलाई जिलेटिनले रेटेर फाँसी दिई गणतन्त्रको अभ्यास भएको थियो । 

उनी तानाशाही भएको र बेलायतमा गृहयुद्ध चलेपछि उनलाई फाँसी दिइएको थियो । सन् १६६० सम्म बेलायतमा गणतन्त्र थियो ।

त्यसपछि चार्ल्स प्रथमको छोरा चार्ल्स द्वितीयलाई ल्याई राजगद्धीमा राखियो ।  त्यसपछि पनि अनेक तनाव र संघर्षको बीच बेलायतको राजसंस्था चलेको थियो । 

बेलायतको साम्राज्यवादको ख्याति महारानी भिक्टोरियाको पालादेखि सुरु भएको बताइन्छ । भिक्टोरिया नेपालमा कट्टर राणा शासनका पायोनियर जंगबहादुर राणाका समकालीन थिइन् । बेलायतको जगजगी भिक्टोरियाको बेलामा भएको जानकारहरु बताउँछन् । बेलायत टापु देश थियो र उसको सामुन्ने शक्तिशाली देशहरु जर्मन, नर्वे, स्पेन, फ्रान्स जस्ता थए । 

भिक्टोरियाका सात छोरी थिए । उनले आफ्ना सातैजना छोरीहरु वरिपरिका राजा राजौटालाई विवाह गरेर दिएकी थिइन् । “त्यो त्यसबेलाको कूटनीति थियो,” प्रा. डा. अधिकारीले भने, “जुन हाम्रोमा पनि चलनमा थियो । भृकुटीलाई स्रङचङ गम्पोसँग विवाह गराइदिएर अंशुवर्माले राज्य बलियो बनाएका थिए ।” 

भिक्टोरियाले आफूमाथि आक्रमण नहुने व्यवस्था गरिन् । यसले बेलायत बलियो भयो । 

बेलायत बलियो बनेपछि राजसंस्था उपादेयता र महत्व बेलायतीहरुले राम्रोसँग बुझेको प्रा. डा. अधिकारीको धारणा छ । 

अन्ततः १०६६ वंश पुरानो ४०औं सार्वभौमको रुपमा एलिजाबेथ सन् १९५२ मा सिंहासनमा बेलायतको पहिलो साम्राज्यवादपछि राजाको रुपमा सत्ता सम्हाल्न पुगिन् । उनले ७० वर्ष लामो शासन गरिन् । उनको शासनकालमा आरोह र अवरोध दुवै आए । उनले आफ्नो राष्ट्रलाई विश्वमा नयाँ स्थान बनाउन खोजेकी थिइन् र कमनवेल्थ राष्ट्रको उदयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । 

जब उनी आफ्नो बुबा जर्ज छैठौंको उत्तराधिकारी बनिन्, विन्स्टन चर्चिल उनको पहिलो प्रधानमन्त्री थिए र जोसेफ स्टालिनले सोभियत संघको नेतृत्व गरेका थिए । उनले नेल्सन मण्डेला, पोप जोन पल द्वितीय, विश्वविख्यात रक ब्यान्ड बिटल्स, अभिनेत्री मार्लिन मोनरो, जादुयी फुटबलर पेले र ब्याडमिन्टन खेलाडी रोजर फेडेररलगायतका राजनीतिदेखि मनोरञ्जन र खेलकुदसम्मका लगभग सबै प्रमुख व्यक्तित्वहरूलाई भेटेकी छन् । 

उनले आफ्नो उपस्थितिको साथ कोठाहरूमा प्रभुत्व जमाउँथिन् । उनको व्यक्तित्वको प्रशंसा गर्दै पेरिस र वाशिंगटनदेखि मस्को र बेइजिङसम्मले श्रद्धाञ्जली दिएका थिए । ब्राजिल, जोर्डन र क्युबामा उनको लागि राष्ट्रिय शोक मनाइयो, जससँग उनको प्रत्यक्ष सम्बन्ध थिएन । 

राजकुमारी डायनालाई महारानी एलिजाबेथको आदेशमा मारियो भन्ने ‘विवाद’ त्यहाँ भित्रभित्र अहिले पनि छ ।

छोरा चार्ल्सको परस्त्रीसँग विवाहहेत्तर सम्बन्ध, चाल्र्स र डायनाको पारपाचुके, डायनाको पारपाचुकेपछिका प्रेमसम्बन्ध जस्ता विषयले राजतन्त्र बदनाम पनि भयो । 

अष्ट्रेलियाले बेलायतको राजसंस्थालाई मान्ने कि नमान्ने भनेर जनमत संग्रह गर्दा मान्ने भनेर झिनो मतले जितेको थियो । 
महारानी एलिजाबेथको स्वर्गारोहणसँगै फेरि त्यहाँ राजतन्त्र राख्ने कि गणतन्त्र राख्ने भन्ने विषयमा संसद्मा चर्चा चलेको छ । 

उनको अवसानपछि के ? चाल्र्सलाई राजा मान्छन् कि मान्दैनन् । उनी महारानी एलिजाबेथजत्तिकै पपुलर हुन्छन् कि हुँदैनन्, त्यो हेर्नै बाँकी छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !