site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी
प्रतीकात्मक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

कर्णाली । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको  छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार १४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो । 

यसैबीच, चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ नियमित क्यूआरटी परिचालन गरिनेछ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा  चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिनेछ । 

झैझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।

Royal Enfield Island Ad

सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ, नागरिकको सुरक्षाका अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको छ । 

असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, “कर्णाली प्रदेशअन्तर्गतका जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिगको जनजीवन सामान्य तुल्याउन बैंक तथा वित्तीय सङ्घसंस्थामा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको र सुरक्षा मापदण्डसमेतलाई लक्ष्य गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लामा सुरक्षा योजना बनाई लागू गरिएको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro