काठमाडौं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्याली गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्याली वसन्तपुरमा गएर टुंगिएको थियो । र्याली तारकेश्वर नगरपालिकाबाट शुरु भइ वसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको आयोजनामा भएको साइकल र्यालीमा विभिन्न स्थानबाट गरी एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।
साइकल र्याली सकिएपछि वसन्तपुरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जातीय भेदभावको अन्त्य गर्दै विश्व शान्तिको अभियानमा स्काउटले काम गरिरहेको बताए । उनले कुनै पनि बालबालिकामाथि हुने हिंसा र अन्य हिंसात्मक गतिविधि नहोस् भन्नका लागि स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शान्तिपूर्ण र सचेतनामूलक कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।