काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसँग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसविरुद्ध लड्न आफू तयार रहेको बताए । उनले आफू लोकतन्त्रको पक्षमा लड्न नथाक्ने पनि बताए ।
उनले एमालेप्रति विभिन्न माध्यमबाट अझै हमला हुन सक्ने भन्दै सचेत रहनसमेत आग्रह गरे ।
ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाइ मिलिजुली खाने माध्यम बनाएको धारणा राखे ।
चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको विकास गर्ने अठोट व्यक्त गरे ।