site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिविरुद्ध मधेसमा चार दिनदेखि प्रदर्शन जारी, राजीनामा दिनुपर्ने माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको प्रदर्शनकारीहरूको आरोप छ । 

उनीहरूले ‘राष्ट्रपति राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर, संविधान उल्लंघन गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । 

Royal Enfield Island Ad

जसपा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा भएको कार्यक्रममा जसपा नेता ज्ञानेन्द्र यादव, चमेली देवी दास र जितेन्द्र यादवलगायतको उपस्थिति थियो । 

गएको मंगलबारदेखि मधेस प्रदेशका जिल्लाहरूमा लोकतानित्रक समाजवादी पार्टी (लोसपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र जसपाको नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै आइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro