site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशबाट फर्किएलगत्तै श्रीमतीको हत्या, हतियार प्रहारबाट छोराछोरी घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालको गौरीगंगा नगरपालिका–५ मा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्या आरोपित ती व्यक्ति फरार छन् ।

३२ वर्षीया ललिताको उनकै श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जालीमगरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । उनीमाथि धारिलो हतियार प्रहार गरिएको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । बुधबार (हिजो) राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोरी १७ वर्षीया लक्ष्मी र छोरा १२ वर्षीय विजयमाथि पनि धारिलो हतियार प्रहार गरिएको छ । छोरी लक्ष्मी गम्भीर घाइते छिन् । छोरा विजयलाई सामान्य चोट लागेको छ । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रहरीका अनुसार शेरबहादुर रोजगारीका सिलसिलामा भारतमा थिए । उनी बुधबार मात्र घर फर्किएको खुलेको प्रवक्ता जोशीले बताए ।

घर फर्किएलगत्तै श्रीमतीसँग शेरबहादुरको विवाद भएको र हत्या गरी फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !