site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए । युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पनि नेपाली फुटबलका लागि इङ्ल्यान्डको वेम्बलीजस्तै हो । र, संयोग त्यही दशरथ रंगशालामा नेपाली महिला टोलीले पनि पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । 

त्यसकारण त नेपाली महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पनि युरोपियन च्याम्पियनसिपको फाइनलमा जस्तै दर्शकको अपेक्षा गरेका छन् । उनले बारम्बार भनेका छन्, ‘‘काठमाडौंमा फुटबलको माहोल फरक छ । दशरथ रंगशालाको वातावरण फरक हुनेगर्छ । र, त्यही उत्साहजन वातावरणमा हामी रमाउन चाहन्छौं । खेलाडीलाई दर्शकको साथले इनर्जी दिन्छ । र, हामी दर्शकलाई ट्रफी दिन्छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । र आज बंगलादेशविरुद्ध खेल्दै छ । भारतविरुद्धको खेलमा साढे ७ हजार दर्शक रंगशालामा उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । फाइनलमा त्योभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । 

नेपालले फाइनल खेल्न लागेको यो नै पहिलोपटक भने  होइन । यसअघि पनि चार पटक उपाधिका लागि प्रतिस्पर्धा गरिसकेको छ । तर, सधैँ नेपालको बाधक भारत बनेको थियो । तर, यसपटक भारतलाई नेपालले सेमिफाइनलमै पाखा लगाइसकेको छ । भारतले यसअघिका सबै संस्करणको उपाधि जितेको थियो । त्यसकारण यसपटक प्रतियोगिताले नयाँ विजेता पाउने पक्का छ । 

Global Ime bank

बंगलादेशको पनि यो पहिलो फाइनल होइन । २०१६ मा पनि बंगलादेशले फाइनल खेलेको थियो । बंगलादेश पनि फाइनलमा भारतसँगै पराजित भएको थियो । साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग अहिलेसम्म पराजित भएको छैन । 

साफमा नेपाल र बंगलादेश यसअघि तीनपटक आमनेसामने भएका छन् । २०१० र २०१९ मा नेपाल समान ३–० को नतिजामा विजयी भएको थियो । २०१४ मा भने नेपाल १–० ले विजयी भएको थियो । साफमा नेपाल अहिलेसम्म बंगलादेशसँग हारेको छैन । त्यो लयलाई नेपाल फाइनलमा पनि निरन्तरता दिन चाहन्छ ।

‘‘भारत र बंगलादेशसँग खेल्नु धेरै फरक छ । अहिले बंगलादेश पनि धेरै बलियो भएको छ । बंगलादेशले अहिलेसम्म गोल खाएको छैन । हामीले पनि खाएका छैनौँ,’’ नेपालका प्रशिक्षक थापाले थपे, “गोल गर्ने टिमले जित्ने हो । हामी गोल नखानका लागि गल्ति कमभन्दा कम गर्ने प्रयास गर्नेछौँ । गोल गर्ने टिमले जित्ने हो र गोल गरेर जित्छौँ ।’’

मुख्य प्रशिक्षक थापाले जस्तै पहिलोपटक कप्तानको भूमिकामा रहेकी एन्जिला तुम्बाप्पो सुब्बा पनि ट्रफी घरमै राख्नेमा विश्वस्त छिन् । उनी भन्छिन्, ‘‘बंगलादेशसँग हामीले धेरै खेलिसकेका छौं । यसपटक बंगलादेश पहिलेभन्दा बलियो भएर आएको छ । तर, हामी उनीहरूलाई हराउन सक्षम छौँ । हाम्रो नारा नै हामी सक्छौँ, हामी गर्छौँ भन्ने हो । त्यसकारण हामी बोलेरभन्दा मैदानमा खेलेर देखाउन चाहन्छौँ ।’’

नेपाली टोलीले घरेलु दर्शकलाई ठूलो शक्तीका रुपमा अथ्र्याएको छ । फुटबलमा दर्शकलाई १२औं खेलाडीका रुपमा पनि लिइन्छ । 

तर, बंगलादेशकी कप्तान त्यसले आफ्नो टिमको प्रदर्शनमा कुनै असर नपर्ने बताउँछिन् । 

जारी प्रतियोगितामा दुई ह्याट्रिकसहित ८ गोल गरिसकेकी बंगलादेशकी कप्तान सविना खातुन भन्छिन्, ‘‘घरेलु टोलीलाई दर्शकको फाइदा हुन्छ । तर, उमेर समूहदेखि हामी यसमा अभ्यस्त छौँ । बंगलादेशमा आयोजना हुँदा त्यहाँ पनि ठूलो संख्यामा दर्शक थिए । त्यसकारण हामीलाई यसले धेरै ठूलो अर्थ राख्दैन ।’’

नेपालले जस्तै बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको हो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो । लिग चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएपछि समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० को विजय हासिल गर्यो । उक्त खेलमा बंगलादेशका लागि कप्तान सविनाले ह्याट्रिक गरेकी थिइन् । 

सविनाले जारी प्रतियोगतामा दुईपटक ह्याट्रिक गरिसकेकी छन् । सविनाले पाकिस्तानविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा तीन खेलाडीले मात्र ह्याट्रिक गरेका छन् । सविनाबाहेक भारतकी अञ्जु तामाङ र पाकिस्तानकी नादिया खान । दुवैले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए । 

नेपाल भने समूह ‘बी’को विजेता टोली हो । नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !