site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काश्मीरमा भारतीय वायुसेनामाथि आक्रमण, एकजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

 काश्मीर । भारतको वायुसेनाको काफिलेमा भएको हमलामा एक जवानको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । 

भारतीय वायुसेनाको सोसल साइट एक्समा यसबारे जानकारी दिँदै शनिबार शाहसितार नजिक सेनाको काफिलेलाई विद्रोहीले निशाना बनाएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पीटीआईका अनुसार उक्त घटना साँझ ६ : १५ बजे भएको हो । ती जवान जरनवालीबाट वायुसेना स्टेशनतर्फ जाँदै गर्दा उक्त घटना भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये थप एकजनाको अवस्था चिन्ताजनक भएको जनाइएको छ । बाँकी तीनजनाको अवस्था स्थिर रहेको बताइएको छ ।

आइतबार बिहान सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै सवारीसाधनमा खानतलासी तीव्र पारिएको एएनआई समाचार एजेन्सीले जनाएको छ । उक्त आक्रमणको कांग्रेस नेता राहुल गान्धीले निन्दा गर्दै मृतकप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement