देश
काठमाडौं । कोभिड १९ संक्रमितको संख्या शून्य भएसँगै १२ वटा जिल्ला 'कोभिड फ्री' भएका छन् ।
ताप्लेजुङ तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, अर्घाखाँची, डोल्पा, हुम्ला, कालीकोट, बझाङ र दार्चुला 'कोभिड फ्री' भएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९, भक्तपुरमा एक र ललितपुरमा दुईजना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २२ पुगेको छ । आज एक हजार ७६६ जना होम आइसोलेसनमा र ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
अस्पतालमा उपचाररतमध्ये १८ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्