site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आत्महत्या न्यूनीकरणका लागि विराटनगरमा सचेतना र्‍याली
Sarbottam CementSarbottam Cement

विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।

१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरिएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरमा आज जनचेतनामूलक र्‍याली निकालिएको छ । रोडशेष चोकबाट शुरु भएको र्‍याली जैन भवनमा पुगेर सभामा परिणत भएको थियो । 

त्यसअवसरमा बोल्दै प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आत्महत्या समस्याको रुपमा वृद्धि हुन थालेकोले यसको नियन्त्रणका लागि सर्वपक्षीय प्रयास जरुरी भएको बताए । 

Global Ime bank

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले समाजको सामूहिक प्रयासबाट मात्र आत्महत्या न्यूनीकरणमा बल पुग्ने बताए ।  १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी सुदीप गिरीले समाज सचेत भएमात्र आत्महत्या घटाउन सकिने सुनाए ।

र्‍यालीमा आफूलाई माया गरौँ, अमूल्य जीवन खेर नफालौँ, साहसी हुनुहोस्, बाँच्नुहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप हो जस्ता सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !