site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अछाममा पहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, एकै परिवारका आठजनाको शव फेला
Tiktok banner adTiktok banner ad

धनगढी । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । थप ६ जना बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको डीएसपी डाँगीले जानकारी दिएका छन् । 

उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।
 
तुर्माखाँद गाउँपालिका, ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् । शनिबार बिहान करिव ४ बजे पहिरो खस्दा तुर्माखादका स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको छ । 

स्थानीय वासिन्दाले ४२ वर्षिय नेत्रबहादुर शाही, उनकी ३५ वर्षिष श्रीमती मनिषा शाही, १६ वर्षिया छोरी बिमला शाही र १६ वर्षाया भतिजी जानकी शाहीको शव पहिरोबाट निकालिएको छ । बिमला र जानकी स्थानीय कालिकाश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । मीनबहादुर शाहीकी छोरी जानकी बिमलासँग सुत्न आएको समयमा पहिरोमा परेकी हुन् । 

उक्त पहिरोमा परेर रितबहादुर शाहीका दुई नातिनी, २ बुहारी र १ छोरासमेत पुरिएका छन् । पहिरोमा पुरिएका मध्ये रितबहादुरकी नातिनीद्वय १ वर्षीया मेलिना शाही, ३ वर्षीया करिष्मा, बुहारीद्वय २० वर्षीया कमला शाही, २३ वर्षीया भावना शाही र १२ वर्षीया छोरा सुन्दर शाही छन् । उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको स्थानीय प्रताप शाहीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro