site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अछाममा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

धनगढी । अछाममा पहिरो जाँदा ११ जानको मृत्यु भएको छ । अछामाको तीन पालिकाको चार विभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डीएसपी नारायण डाँगीले जानकारी दिए । 
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सबै उद्धार कार्यमा जुटेकाले घटनाको विस्तृत विवरण अझै आउन केही समय लाग्ने डीएसपी डाँगीले जानकारी दिए । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको र कति मानवीय क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ । 

चार दिनदेखि निरन्तर आएको वर्षाले गर्दा सबैबाटो अबरुद्ध भएका कारण प्रहरी घटनास्थल पुग्न नसकेको डीएसपी डाँगीले बताए ।

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro