site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेनिसका महान् खेलाडी फेडेररले लिए सन्न्यास
Sarbottam CementSarbottam Cement

काठमाडौं । निरन्तर घुँडाको चोटबाट गुज्रिएका रोजर फेडेररले बिहीबार ४१ वर्षको उमेरमा व्यावसायिक टेनिसबाट सन्न्यास लिएका छन् । 

२० ग्रान्डस्लाम उपाधि जितेका फेडेरर निरन्तर पाँच सिजन नम्बर एक स्थानमा रहन सफल भएका थिए । फेडेररसँगै उनका प्रतिद्वन्द्वीहरू राफेल नाडाल र जोकोभिचले पुरुष टेनिसको स्वर्णिम युग सिर्जना गरेका थिए । 

Rozer Federar 51663262586.jpg

Prabhu Bank
Agni Group
NIC Asia

 

महिला टेनिसमा २३ ग्राण्डस्लाम उपाधि जित्न सफल सेरेना विलियम्सले खेलाडी करियरमा पूर्णविराम लगाएको एक साता नबित्दै फेडेररले बिहीबार सामाजिक सञ्जालमार्फत 'तितो मीठो निर्णय' गरेको बताएका छन् ।

Global Ime bank

आफ्नो समयमा एउटा इतिहास बनाउन सफल दुई महान् खेलाडीले लगभग एक साथ सन्न्यासको घोषणाले एक युगको अन्त्य भएको सन्देश दिएको छ । 

Rozer Federar 31663262586.jpg

"तपाईंहरूमध्ये धेरैलाई थाहा छ । विगत तीन वर्ष मैले चोट र शल्यक्रियाको रूपमा थुप्रै चुनौतीको सामना गर्नु परेको छ । मैले पूर्ण प्रतिस्पर्धात्मक लयमा फर्कन कडा मेहनत गरेको थिए," फेडेररले सामाजिक सञ्जालमा लेखेका छन्, "तर मलाई मेरो शरीरको क्षमता र सीमाहरू पनि थाहा छ । र, यसको सन्देश स्पष्ट भएको छ ।"

 

Rozer Federar 11663262587.jpg

फेडेररले जुलाईमा सम्पन्न २०२१ को विम्बल्डनपछि प्रतिस्पर्धा गरेका छैनन् । र, त्यस अर्थमा, उनको यो घोषणा धेरै आश्चर्यजनक छैन । 

तर, उनी गत जुलाईमा अल इङ्गल्यान्ड क्लबमा सेन्टर कोर्टको १००औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देखा परेका थिए ।  उनले त्यहाँ 'अझै एक पटक' खेल्न आउने आशा व्यक्त गरे । फेडेररले अक्टोबरमा स्विस इन्डोर्समा हुने प्रतियोगितामा  पुनरागमन गर्ने पनि बताएका थिए ।

Rozer Federar 41663262586.jpeg

तर, बिहीबार गरेको घोषणामा फेडेररले आफ्नो बिदाइ कार्यक्रम अर्को हप्ता लन्डनमा हुने लेभर कप हुने बताएका छन् । जुन उनको व्यवस्थापन कम्पनीद्वारा सञ्चालित टिम इभेन्ट हो ।

फेडेररकी श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन् । उनीहरूको भेट ओलम्पिकमा भएको थियो । उनीहरूले दुई पटक जुम्ल्याहा बच्चाहरू जन्माएका थिए । 

Rozer Federar 21663262587.jpg

फेडेररले २००३ को विम्बल्डनमा पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले करियरमा २० ग्राण्डलामसहित १०३ उपाधि जित्न सलफ भए । फेडेररले २० ग्राण्डस्लाममध्ये विम्बल्डनमा ८ अस्ट्रेलियन ओपनमा ६, यूएस ओपनमा ५ र फ्रेन्च ओपनमा एक उपाधि जितेका थिए । 

Rozer Federar 61663262585.jpg

फेडेररको सशक्त सर्भिस, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैली सबै अब सम्झनामा रहनेछन् । उनका युवा प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय हुनेछन् । 

दुवैले फेडेररको कुल ग्राण्डस्लाम उपाधि संख्यालाई पछि पारेका छन् । र, अझै ठूला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरिरहेका छन् । 

नाडालले  २२ र जोकोभिचले २१ ग्राण्डस्लाम उपाधि जितेका छन् ।

बिहीबार सन्न्यास घोषणामा फेडेररले भनेका छन्, "म यति धेरै प्रतिस्पर्धात्मक खेल खेल्न पाउँदा भाग्यशाली थिएँ । त्यो म कहिल्यै बिर्सन सक्दिनँ ।"

Rozer Federar 71663262585.jpg

आफ्ना कोर्टमा प्रतिद्वन्द्वीहरूको नाम सम्बोधन नगरी फेडेररले लेखेका छन्, "हामीले एकअर्कालाई धक्का दियौँ । र, सँगै हामीले टेनिसलाई नयाँ स्तरमा पनि पुर्‍यायौँ ।"

फेडेररको अन्तिम खेल ७ जुन २०२१ मा भएको थियो । सेन्टर कोर्टमा सम्पन्न विम्बल्डनको क्वार्टरफाइनलमा फेडेरर हुबर्ट हुर्काजसँग ६-३, ७-६ (४), ६-० ले हारेका थिए ।

त्यसको लगत्तै फेडेररको दाहिने घुँडाको मेनिस्कस र कार्टिलेजमा भएको चोटका कारण शल्यक्रिया गर्नुपर्‍याे । जुन साढे एक वर्षको अवधिमा उनको घुँडाको तेस्रो शल्यक्रिया थियो ।

फेडेरर लेख्छन्, "टेनिसले मलाई सपनामा नदेखेको भन्दा धेरै उदारतापूर्वक व्यवहार गरेको छ । र, अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ ।" 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement