काठमाडौं । ग्लोबल आईएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरूले दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एससीटी तथा यूपीएल कार्डको दमदार दसैँ धमाका थ्री–डी अफरअन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।
कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्डहोल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत वा १,००० रुपैयाँसम्म क्यासब्याक पाउने कम्पनीले बताएकाे छ ।
यस अफर कम्तीमा ३ वटा पस कारोबार गर्ने कार्डहोल्डरलाई ५०० रुपैयाँ तथा कम्तीमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १,००० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ ।
क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।