site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किभमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार दुर्घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार दुर्घटनामा परेको छ । राजधानी किभको सडकमा उनी सवार कार दुर्घटनामा परेको रोयटर्सले लेखेको छ ।

राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना परेका र जेलेन्स्कीलाई गम्भीर चोटपटक नरहेको उनका प्रवक्ता सेर्हीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रवक्ताले बिहीबार बिहान उक्त जानकारी दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जेलेन्स्की सवार कार एउटा निजी कारसँग ठोक्किएको समाचारमा जनाइएको छ । जेलेन्स्कीको अवस्था सामान्य रहेको चिकित्सकले बताएका र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

युक्रेनले आफ्नो नियन्त्रणमा लिन सफल भएको खार्किभ प्रान्तबाट किभ फर्कँदै गर्दा उनी राजधानीको सडकमा दुर्घटनामा परेका थिए । गम्भीर चोट नभएको बताइए पनि उनी चोटमुक्त रहेको अथवा नरहेको भने प्रवक्ताले खुलाएका छैनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय