site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवालका निजी सचिवले सांसद स्वातिलाई थप्पड र छातीमा लात्ती प्रहार गरे 

नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका निजी सचिव विभव कुमारले आफूलाई कुटपिट गर्नुका साथै संवेदनशील स्थानमा लात्ती प्रहार गरेको भन्दै सांसद स्वाति मालिवालले प्रहरीमा उजुरी दिएकी छन् । 

पार्टीका राज्यसभाका सांसद स्वातिले प्रहरीमा दिएको उजुरीमा केजरीवालको निजी सचिवले सात आठपटक थप्पड हानेको र तानेर पेट, छाती र संवेदनशील अंगमा लात्ती प्रहार गरेको उल्लेख गरिएको छ । 

सो घटना यही मे १४ मा मुख्यमन्त्री केजरीवालको निवासमा भएको थियो । चिच्याउँदै ‘मलाई जान देऊ’ भने पनि आफूमाथि निरन्तर कुटपिट भइरहेको उनले बताएकी छन् । 

‘हामीले जानेका छौं’ भनेर धम्की समेत दिएको उनको भनाइ छ । उनले आफूलाई सुरक्षित गर्न उसलाई खुट्टाले धकेलेको समेत जनाएकी छन् । उसले त्यो बेलामा आफूलाई झम्टेको र आफूतिर तान्नुका साथै सर्टलाई माथि सारेको प्रहरीलाई उनले जानकारी दिएकी छन् ।

त्यसपछि आफू घरबाट भागेर बाहिर निस्केको र प्रहरीलाई फोन गरेको स्वातिले बताइन् ।  उनलाई प्रहरीले स्वास्थ्य जाँचको लागि एम्सको ट्राउमा सेन्टरमा लगेको थियो । आरोपी कुमारको दिल्लीको चन्द्रवार नगरमा भएको घरमा प्रहरी जाँदा उनी फेला परेका थिएनन् । उनलाई हिरासतमा लिनको लागि प्रहरीले खोजी गरिरहेको जनाइएको छ । उनले केजरीवाललाई दोष नदिए पनि घटना भएको बेलामा घरमै भएको भने बताएकी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro