विदेश
नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बंगालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् ।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ३२७ किलोमिटर उत्तरमा रहेको माल्दा जिल्लामा चट्याङ प्रहारमा हताहतजन्य घटना भएको बताइएको छ ।
अधिकारीहरूले सबै पीडित चट्याङ परेको समयमा घरबाहिर बगैँचा तथा खेतमा काम गरिरहेका अवस्थामा उनीहरूमाथि प्रहार गरेकाले धेरै मानिसको मृत्यु भएको स्रोतले जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्