site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक भूमिका आवश्यक : राष्ट्रपति भण्डारी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताकाे आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको बताएकी छन् । राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि यस्ताे अवस्था रहेकाे बताएकी हुन् । 

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने बताएकी छन् । 

Agni Group
NIC Asia

राष्ट्रपति भण्डारीले राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । 

संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउदै आइएकाे छ ।  यस वर्ष पनि ‘बालमैत्री समाजको आधारस् जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । 

Global Ime bank

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज‚ निजी क्षेत्रले निर्वाह गर्दै आएको  भूमिकाका लागि उनले धन्यवाद दिएकी छन् । 

राष्ट्रपति भण्डारीले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚  शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्‍वास व्यक्त गरेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu