site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विज्ञापन आचारसंहिता र विज्ञापनको राष्ट्रिय नीतिबारे छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डले विज्ञापन आचारसंहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा छलफल गरेको छ ।

विज्ञापन बोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो । 

कार्यक्रममा बोल्दै महासंघका अध्यक्षले गोल्छाले अर्थतन्त्रको विस्तारका लागि महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण भिजन पेपरको कार्यान्वयनबाट नेपालमा विज्ञापन बजारको दायरालाई फराकिलो पार्ने कार्यमा समेत ठूलो सहयोग पुग्ने धारणा राखे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थतन्त्र फस्टाए, उद्योग व्यवसाय बढे, नेपाल समृद्धितर्फ जान सके विज्ञापन व्यवसाय पनि सोही अनुसार फस्टाउने र यसको दायरा फराकिलो हुने उनको भनाइ छ । 

कुल विज्ञापनमा स्वदेशी विज्ञापनको अंश करिब ६० प्रतिशत र विदेशी विज्ञापनको अंश करिब ४० प्रतिशत रहेको गोल्छाले बताए ।

Royal Enfield Island Ad

विज्ञापन सम्बन्धी नीति, कानुन, आचार संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा यो क्षेत्रको भविष्य निकै राम्रो रहेको अध्यक्ष गोल्छाको भनाइ थियो ।

बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाता र महासंघको सहयोग बोर्डका लागि महत्त्वपूर्ण रहने बताए ।

बोर्डका कार्यकारी अध्यक्ष हुमागाईंले विज्ञापन व्यवसायलाई स्वच्छ मर्यादित, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले विज्ञापनको राष्ट्रिय नीति ल्याउन खोजिएकोसमेत स्पष्ट  पारे ।

अधिकांश वक्ताहरूले आचासंहिताको प्रभावकारी कार्यान्वयन हुन सके विज्ञापन व्यवसायमा देखिएका विकृतिहरू स्वतः निष्क्रिय भई समग्र विज्ञापन व्यवसायको वृद्धिमा सहयोग पुुग्ने धारणा राखेको थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro