site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४५० वर्षदेखि पिउन थालिएको कफीको ‘कालो इतिहास’ बारे तपाईंलाई थाहा छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसारभर दैनिक दुई अर्ब कप भन्दा बढी कफी पिउने गरिएको बीबीसीमा प्रकाशित एक सामग्रीमा जनाइएको छ ।

बेलायतमा मात्रै साढे ९ करोड कप कफी प्रयोग हुन्छ । हिजोआज बिहानदेखि बेलुकासम्मै कफी पिइन्छ । तर आजभन्दा ४५० वर्ष पहिला, पश्चिमी युरोपमा सायदै कसैले यसको नाम सुनेका थिए ।

कफीको जरा इथियोपियासँग जोडिएको छ, जहाँ यसको बोट जङ्गलमा धेरै छिटो बढ्थ्यो । विस्तारै मानिसहरुको ध्यान त्यतातिर गयो । उनीहरुले यो सुख्खा फललाई भुटेर पिसेपछि पिउन सकिन्छ भन्ने महसुस गरे । र, यो पेय पदार्थले लत पनि निम्त्याउन सक्छ भन्ने पनि उनीहरुले थाहा पाइसकेका थिए । विस्तारै यो (कफी) पिउनेहरु माझ यसको चर्चा बढ्न थाल्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पश्चिमी देशहरूमा, कफी पिउनेहरूले यसको स्वाद मन पराउन थाले र त्यसपछि उनीहरूले यो व्यवसायको लागि एकदम उपयुक्त छ भन्ने पत्ता लगाए । हुनत, मानिसहरूले रक्सी र बियर त पहिलेदेखि नै पिउँथे तर व्यापारीक भेटवार्ता अनि छलफलमा रक्सी र बियर उपयुक्त थिएन । 

व्यापारको बारेमा कुरा गर्दा दिमाग पूर्ण रूपमा सफा हुनुपर्छ । यद्यपि यस विषयमा विभाजित मत थिए । 

Royal Enfield Island Ad

पहिलो कफी हाउस 

बेलायतमा पहिलो कफी हाउस सन् १६५१ मा अक्सफोर्डमा खोलिएको थियो । यसपश्चात लण्डनमा पनि कफी हाउस खोलियो । त्यसपछि त यो पोर्टो क्लब जस्तै बन्यो । 

अब सबै प्रकारका मानिसहरुका लागि कफी क्लब खुल्न थाले । बैंकर, व्यवसायीदेखि साहित्यकारहरुको अड्डा कफी पसलहरु बन्न थाले । 

यी कफी अड्डाहरुमा राजनीतिका विषयमा ठूला ठूला गफ हुन्थे । यसले गर्दा देशद्रोहलाई बढावा दिएको आरोप लाग्यो र चार्ल्स द्वितीयले यसलाई प्रतिबन्ध लगाउने प्रयास गरे । यी कफी हाउसहरूमा, कतिले आफ्ना ग्राहकहरूका लागि पत्रिका र जर्नल किनेर राखिदिन्थे । 

कफी एक पेनी अर्थात् एक पैसामै आउँथ्यो, त्यसैले त्यस्ता कफी अड्डालाई ‘पेनी विश्वविद्यालय’ भन्न थालियो । ती कफी हाउसहरू पुरुषहरूका लागि थिए । त्यसैले चाँडै नै कफी पुरुषहरुको पेयको रूपमा चिनिन थाल्यो ।

आज पनि पुरुषहरु महिलाले भन्दा धेरै कफी पिउँछन् । यद्यपि कफीसँग विवाद पनि जोडिएको थियो । कुनै नयाँ अनि विदेशी समानलाई लिएर जुन डर हुन्थ्यो, कफीलाई लिएर पनि सुरुमा त्यस्तै डर थियो । 

कफी सम्बन्धी सबैभन्दा ठूलो विवाद भनौं वा आरोप सन् १६७४ मा लागेको थियो, जब यसले नपुंसकता निम्त्याउँछ भनियो । जबकि केही व्यक्तिहरुको दावी यसको ठिक उल्टो थियो । यसका समर्थकहरुले यसले झन् पुरुषत्वमा बढोत्तरी हुने दावी गरे । 

आखिर कहाँबाट आयो कफी ?

कफीको स्वाद आजसम्म पनि कैयौंलाई राम्रो लाग्दैन, तर बेलायतमा यसलाई चिया जसरी दुध र चिनी मिलाएर पिउने चलन सुरु भयो । र, यो तरिकामा कफी पिउने प्रचलन ह्वातै बढ्न थाल्यो । 

१८औं शताब्दीसम्म यो बेलायती जीवनशैलीमा राम्रोसँग स्थापित भैसकेको थियो । त्यसपछि यो कफी हाउसबाट निस्केर जनताको घरघरमा पुग्यो र कफी दिनको भोजनपछिको पेयको रूपमा लोकप्रिय हुन थाल्यो । 

१९औं शताब्दीसम्म कफीको स्वाद एकदमै खराब हुने गर्थ्यो । त्यही समय इटालीले एस्प्रेसो मेसिन आविष्कार ग¥यो । यो मेसिनले पानीमा भारी दबाब दिने काम गर्दथ्यो । त्यो पानी कफी बिन्समार्फत् जान्थे ।

यो कफी छान्ने र फिल्टर गर्ने भन्दा धेरै अगाडिको प्रक्रिया थियो । यस प्रक्रियामार्फत कफीलाई घन्टौँसम्म तातो राख्न सकिन्थ्यो । 

त्यसपछि इटालीको कफी कल्चर आफ्नो फ्युचरिस्टिक र चम्किलो मेसिन लिएर फैलिन थाल्यो । 

यसरी कम मेहेनतमै कफीको सुगन्ध पश्चिमी संसारमा फैलिन थाल्यो । कफी प्रयोगको नियम पनि बन्न थाले, उदाहरणका लागि खाजापछि क्यापाचिनो कफी नपिउनू । 

विभिन्न प्रकारका कफी

पछिल्लो २० वर्षमा संसारमा विभिन्न प्रकारका कफी देखा परे । यसमा लोकप्रिय अनि लामो समयसम्म निरन्तरता पाइरहेकोको फ्लेवरमा अमेरिकन कफी पर्दछ । कफी फ्लेवरमा एन्टिपोडियन फ्लैट ह्वाइट्सजस्ता प्रजातिहरू पनि आए ।

कफी पिउने तरिका पनि फेरिएको छ । अहिले मानिसहरु सडकमा हिँड्दाहिँड्दै कफी हातहातमा बोकेर पिउँदै गएको देख्न सक्छौं । अहिले यो एउटा नयाँ फेसन बनिसकेको छ । 

पछिल्लो ४५० वर्षमा हाम्रो समाज र कफी दुवै अघि बढिसकेको छ । तर कफीको लोकप्रियता भने परिवर्तन भएन । 

कफी, एकअर्कासँग घुलमिल हुने राम्रो माध्यम बनिसकेको छ । आज पनि कफी पिउनु अनि पिलाउनु एकदमै राम्रो मानिन्छ । बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro