site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दार्चुलामा बाढीपहिरोको विध्वंस : पाँचजनाको मृत्यु, १० बेपत्ता (१५ तस्बिर)
Sarbottam CementSarbottam Cement

धनगढी । दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । आठजना घाइते भएका छन् ।

लास्कु खोलामा आएको बाढीमा परेर दुई र पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो ।

लास्कुको बाढीले बगाएर महाकाली नगरपालिका–१ की मानमती कार्की र महाकाली–२ का नन्दराम बोहराको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर पुरिँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लास्कुमा आएको बाढीमा परेर महाकाली–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली–३, का धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् ।

Global Ime bank

यस्तै, महाकाली–२ की मानमती शाहू, महाकाली–१ की मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी महाकाली–२ का हर्क शाहू, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागती ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीपहिरोले दार्चुलामा ४२ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । नौ घरमा आंशिक क्षति भएको छ । बाढीपहिरोका कारण सो क्षेत्रका ४० घर उच्च जोखिममा रहेका छन् ।

बाढीका कारण महाकाली–२ स्थित माइकेश्वरी आधारभूत विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । महाकाली–४ स्थित दशरथ आधारभूत विद्यालयको भवनमा आंशिक क्षति पुगेको छ ।

छपारी जाने झोलुंगे पुल र लास्कु खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ जीप, एक कार, एक ट्याक्टर, एक जेसीबी गरी नौ सवारीसाधन बगेका प्रहरीले जनाएको छ ।

305854640_5355203067911671_7238350314658569045_n1662811591.jpg

305673364_1720879214955281_72231045072529862_n1662811590.jpg

305648342_1313813942760137_6092523348269285235_n1662811590.jpg

305737627_753404335762514_6795192197388342269_n1662811590.jpg

305877785_792782811865634_284073231684067975_n1662811589.jpg

305617873_1049663142396364_200793671523231937_n1662811589.jpg

305897129_749621252770521_3033800527822429730_n1662811588.jpg

305670395_495746231928278_8381371927426956521_n1662811588.jpg

305673363_1572083379861276_7287019447617462731_n1662811587.jpg

305730801_2941134209525654_8838396920470906124_n1662811587.jpg

305842345_408805764722411_7662384443884562017_n1662811586.jpg

305621727_1509573526134126_2669468559581298531_n1662811586.jpg

305883148_1260891567993396_4480389870678174514_n1662811702.jpg

305631956_5787016284644527_3884583849812644393_n1662811702.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !