site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेताले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : खाँण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् ।

कांग्रेस नेता समेत रहेका खाँणले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको भन्दै त्यसका विरुद्धमा नेताहरूले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस गठबन्धनमा आबद्ध भएकाले नेता–कार्यकर्ताहरू गठबन्धनले उठाएको उमेदवारहरूका पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे ।

“आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमत्तापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्दछ । तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन । तपाईंहरूलाई जे हो, त्यही भनिदिनुपर्दछ,” उनले भने, “अहिले नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रूपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आबद्ध छौँ । गठबन्धनको उमेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement