site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राथमिकताका आधारमा बजेट तय गर्नुपर्छ : रिजाल
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । सरकारले आउँदो आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला उनले यस्तो सुझाव दिएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी पनि गरे । पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

सीमित स्रोत भएकाले बजेट बनाउँदा प्राथमिकताका क्षेत्र छुट्ट्याउनुपर्नेमा उनले जोड दिए । सबैथोक बराबरी समेट्ने विषय बजेटमा हुनै नसक्ने उनको तर्क थियो ।

“हाम्रो बजेट बजेटजस्तो छैन । हाम्रो पञ्चवर्षीय योजना योजनाजस्तो छैन । सबै चिज गर्छु भन्नु योजना होइन,” उनले भने, “तपाईंसँग लिस्ट छैन भने तपाईंले जतिसुकै गर्छु भने पनि अथवा यो पनि गर्छु, यो पनि गर्छु भन्नु द्याट्स नट बजेट । लिमिटेड रिसोर्सेसमा प्राथमिकता छुट्ट्याउनुपर्छ – के गर्ने, के नगर्ने ।”

नेता रिजालले प्राथमिकता तयबिना विनियोजित बजेटले काम गर्न नसक्ने तथ्य औँल्याए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro