site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पेरुमा १४ महिनामा चार विदेशमन्त्रीले दिए राजीनामा
फाइल तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

लिमा । पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पदत्याग गर्ने चौथो विदेशमन्त्री हुन् ।

राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ । कास्टिलोको सरकारले सन् २०२१  जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाअभियोग सामना गर्दै भ्रष्टाचारलगायत ६ आपराधिक अनुसन्धानको सामना गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए । त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले हालै मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलोबीच विभिन्न मुद्दाहरूमा असहमति रहेको सार्वजनिक गरेका थिए ।

Global Ime bank

वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन् ।

पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृंखला छ । सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति चुनिएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement