site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा प्रहरी र स्थानीय उद्धारमा (तस्बिरसहित)
Tiktok banner adTiktok banner ad

धनगढी । दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोमा परेकाको उद्धारका लागि प्रहरी र स्थानीय बिहानैदेखी जुटेका छन् । शुक्रबार रातिदेखी परेको वर्षाले दार्चुलामा एकजनाको मृत्यु भएको छ । चारजना बेपत्ता भएका छन् । 

दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोमा परेर स्थानीय ३० वर्षिया जानकी ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महाकाली नदी र लस्कु नदीमा आएको बाढीले महाकाली नगरपालिका वडा नम्बर २, ३ र ४ का ११ घर बगाएको छ । एकै घरका चारजना बेपत्ता भएका छन् ।


 
महाकालीमा आएको बाढीले लस्कु नदीको बहाव छेक्दा वरपरका घर बग्नुका साथै एकै घरका चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । उनका अनुसार लस्कु खोलाको बाढीले डुङ्ग्री गाउँ जोड्ने झोलुङ्गे पुल बगाउनुका साथै बनाउँदै गरेको पक्की पुलमा समेत क्षति पुगेको छ । 

अहिलेसम्म लस्कु नदीले गाउँको एक विद्यालय, ११ वटा घर, दुई पुलका साथै केही सवारी साधनसमेत बगाएको प्रहरीले बताएको छ । रातिको अविरल वर्षाकै कारण जिल्लाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको पहिरोले बस्तीमा ठूलो क्षति पुगेको छ ।     


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro