site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बराबरीमा रोकियो युभेन्टस
Sarbottam CementSarbottam Cement

काठमाडौं । फियोरेन्टिनाका लुका जोभिक पेनाल्टीमा गोल गर्न चुकेपछि शनिबार राति इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस हारबाट जोगिएको छ ।

पाहुना टोली युभेन्टसले आर्कडियुज मिलिकको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । तर, २९औँ मिनेटमा फियोरेन्टिनाका क्रिस्टियन कौएमेले बराबरी गोल फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

४४औँ मिनेटमा फियोरेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । तर, जोभिक पेनाल्टीमा चुक्दा फियोरेन्टिनाले अग्रता बढाउने अवसर गुमायो ।

योसँगै युभेन्टस हारबाट जोगिएको छ । युभेन्टस पाँच खेलबाट नौ अंक जोडेर लिग तालिकाको चौथो स्थानमा छ । फियोरेन्टिना ६ अंकका साथ दशौँ स्थानमा छ ।

Global Ime bank

आजै ‘मिलान डर्बी’मा एसी मिलान र इन्टर मिलानले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement