काठमाडौँ । एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआईआई)बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ ।
उक्त लगानी भित्र्याउनको लागि एनएमबि बैंक र बिआईआईबीच सम्झौता भएको छ ।
आन्तरिक स्रोतले मात्र बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।
यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास लिएको बैकले उल्लेख गरेको छ ।
सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाइ एक कदम अगाडि पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।