site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललितपुर हाईलाई उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर हाई र त्रिभुवन आर्मी क्लबले शनिबार प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ललितपुर हाईले महिलातर्फको उपाधि जित्दा पुरुषतर्फ आर्मी च्याम्पियन बनेको हो ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा सम्पन्न फाइनलमा महिलातर्फको उपाधि भिडन्त रोमाञ्चक बनेको थियो । ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरमा हराउँदै उपाधि उचालेको हो । ललितपुरकी अस्मिता थापाले सबैभन्दा धेरै १५ अंक जोडिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो क्वार्टरमा ललितपुरले ९–८ को अग्रता लियो । दोस्रो क्वार्टरमा नखिपोटले ११–५ को अग्रता लिन सफल भएको थियो । दोस्रो क्वार्टर सकिँदा नखिपोट ५ अंकले अगाडि थियो । तेस्रो क्वार्टरमा ललितपुरले १४–६ को स्कोर गर्दै पुनरागमन गर्‍यो । चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता हासिल गरे पनि समग्रमा २ अंकले पछि परेपछि उपाधिबाट वञ्चित भयो ।

विजेता ललितपुर हाईले ३० हजार रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता नखिपोट १५ हजारमा चित्त बुझाउन बाध्य भयो ।

Global Ime bank

पुरुषतर्फ आर्मीले रोयललाई ७७–६५ को स्कोरमा पराजित गरेको हो । आर्मीका आयुष सिंहले १९ अंक जोडे ।

पहिलो क्वार्टरमा १०–८ को अग्रता लिएको आर्मी दोस्रो क्वार्टरमा २५–२६ ले पछि परेको थियो । आर्मीले तेस्रो क्वार्टरमा २०–१३ र चौथोमा २२–१८ को स्कोर गर्दै उपाधि पक्का गर्‍यो । उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेता रोयलले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

पुरुषमा आर्मीका आयुष सिंह तथा महिलातर्फ ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही पाँच हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

साताव्यापी प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ चार टिम सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement