site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन  हुन सकेको छैन ।

सम्भावित पाँच स्थानको पहिचान गरिए पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कामपाका प्रमुख बालेनको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि १५० रोपनी जग्गाको पहिचान भएको छ । उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेको उनको भनाइ छ । उनीहरूलाई कुहिने फोहोरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए ।

स्थानीय सकारात्मक नभएकै कारण गएको साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहोर व्यवस्थापन गर्ने भनिए पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहोर बन्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ ।

Royal Enfield Island Ad

दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बन्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहोर व्यवस्थापन हुन थालेको छ ।

पटक–पटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय–समयमा अवरोध गर्दा काठमाडौंमा फोहरको डंगुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अरू स्थानमा पनि फोहोर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ ।

साबिकबमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए अबका १० दिनमा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लैजाने कामपाको योजना छ । हाल कामपासहित अरू १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बन्चरेडाँडामा हुने गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro