देश
विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूर्वका कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । मन्दिरहरूमा धार्मिक उत्सवका साथै विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।
सुनसरीको इटहरीस्थित कृष्ण प्रणामी मन्दिरमा बिहानैदेखि धार्मिक उत्सव, भजनकृतन संचालन गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार रक्तदान कार्यक्रसमेत आयोजना गरिएको छ ।
इटहरीकै राधाकृष्ण मन्दिरमा समेत भक्तजनको चहलपहल छ । विराटनगरको पानीट्यांकीस्थित राधाकृष्ण मन्दिरमा झुलन महोत्सव संचालन भइरहेको छ । जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राको लागि सबै तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ १३:५९
प्रतिक्रिया दिनुहोस्