site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आयल निगमले मासिक १४ करोड ब्याजमात्रै तिर्नुपर्छ !
SkywellSkywell

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले तीन पटक मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगम मासिक ६२ करोड घाटामा रहेको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी निगम अझै घाटामा भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा निगमका महानिर्देशक उमेशप्रसाद थानीले निगमको घाटा पूर्ति नभएसम्म यो मूल्य यथावत राखिने बताए । अहिलेको मूल्यमा बेच्दा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा भए पनि डिजेल भने ४ रुपैयाँ ५० पैसा घाटामा रहेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

त्यस्तै एलपीजी ग्यासमा प्रति सिलिण्डर करिब ५०० रुपैयाँ घाटा रहेको पनि थानीको भनाइ छ । हवाई इन्धन र ग्यासमा भने नाफा नै रहेको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकबाट निगमले तीन महिनाका लागि टेकुको जग्गा धितो राखेर तीन अर्ब रुपैयाँ ऋण लिएको छ । 

त्यस्तै सरकारबाट पाँच वर्षका लागि ५ प्रतिशत ब्याजमा ७ अर्ब रुपैयाँ ऋण लिएको र त्यसको किस्ता ६–६ महिनामा भुक्तानी गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

उक्त ऋणको ब्याज भुक्तानी भने प्रत्येक महिना गर्नुपर्ने सम्झौता रहेको छ ।

यसरी भुक्तानी गर्न सरकारबाट सहुलीयत नपाइनुका साथै अनुदान पनि नदिएकाले झनै ठूलो समस्या परेको निगमका नायब निर्देशक नागेन्द्र साहले बताए । 

आईओसीलाई निगमले २३ अर्ब रुपैयाँ बक्यौता तिर्न नसक्दा त्यसको ब्याज तिर्नुपर्ने बाध्यता रहेको पनि साहले जानकारी दिए । 

निगमले चार महिनादेखि आईओसीलाई सम्झौताअनुसार बक्यौता रकम तिर्न नसकेको पनि उनले जानकारी दिए ।

अहिले पनि मासिक निगमले १४ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने बाध्यता रहेको महानिर्देशक थानीले बताए । 

केही समय अगाडि निगमको बक्यौता ३१ अर्ब रहेको र पहिले समायोजन भएर आएको मूल्य समायोजन नगर्दा यो बीचमा बक्यौता रकम घटाउन सफल भएर २३ अर्बमा झारिएको बताए । 

थानीले सरकार, राष्ट्रिय वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने बक्यौतासहित निगमको कूल ऋण ३३ अर्ब रहेको बताए । 

“हाल पनि निगम ३३ अर्ब रुपैयाँ ऋणमा छ । आईओसीबाट मूल्य घटेर आएपछि सबैले पेट्रोलियम पदार्थका मूल्य घटाउन दबाब दिन्छन् । तर हाम्रो घाटा कसैले हेर्दैनन्,” उनले भने, “यो घाटा पुर्ताल भएपछि मूल्य समायोजन हुन्छ । अहिले मूल्य घट्दैन ।”

पहिले मूल्य बढेर आउँदा राजनीतिक दबाबले मूल्य समायोजन हुन नसक्दा अहिलेको समस्या झेल्नुपरेको थानीको भनाइ छ । 

एक महिनामा एक अर्ब घाटा

स्थानीय चुनाव ताका सरकारले पेट्रोलमा १० रुपैयाँ मूल्य घटाउने निर्णय ग¥यो । त्यसले गर्दा निगमलाई एक अर्ब रुपैयाँ घाटा भएको महानिर्देशक थानीले बताए । 

“मन्त्रिस्तरीय निर्णय कार्यान्वयन गर्दा हामीलाई एक अर्ब रुपैयाँ घाटा भएको थियो,” उनले भने । 

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै आएपछि पहिलेको घाटा पुर्ताल गर्न कठिन हुँदा तत्काल मूल्य समायोजन नहुने उनले जानकरी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro