site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका महिला सांसदको भ्रमण रोकियो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आउँदो भदौ ८ गतेसम्मका लागि स्थगित छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सकिइसक्यो । तर, गण्डकीमा अझै केही विधेयक पारित गर्ने र सदन अन्त्य गर्ने सरकारको तयारी छ ।

गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्माले आश्चर्य मान्दै भनिन्, “अन्यत्र नचलेको सदन यहाँ किन चलाइरहेको हो कुन्नि !”

उनले अन्यत्रको सदन चले÷नचलेको बारे तीन प्रदेशका समकक्षीलाई फोनमार्फत सोधेकी थिइन् । सोध्नुको कारण थियो, गण्डकीका महिला सांसदको अन्तरप्रदेश भ्रमण । जसलाई यूएनडीपीले आर्थिक सहयोग गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महिला सांसदको अन्तरप्रदेश भ्रमण कार्यक्रमको समन्वय उनै उपसभामुख शर्माले गरिरहेकी थिइन् । तर, निर्वाचन घोषणा भएको भन्दै कुनै भ्रमणमा नजाने निर्णय नेकपा (एमाले) संसदीय दलले गरेको छ । त्यस्तै निर्णय नेपाली कांग्रेसले पनि गरेको छ ।

निर्वाचन घोषणा भएकै कारण सांसदहरू भ्रमणमा नजाने भएका भने होइनन् । उनीहरू घुम्न जाने भनिएको तीनै प्रदेशका प्रदेशसभा बैठक अहिले नभएकाले जानुको औचित्य सकिएको हो ।

Royal Enfield Island Ad

आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेकी उपसभामुख शर्मा भ्रमणमा जान उत्साहित थिइन् । गण्डकीमा २० महिला प्रदेशसभा सदस्य छन् । २० जना नै नगए पनि जानेहरूलाई लैजाने उनको तयारी थियो । उनी आफैँले अरू प्रदेशसभाका उपसभामुखहरूलाई फोन गरिन् । उनीहरूले संसद् स्थगित भइसकेको र सांसदहरू निर्वाचनमा केन्द्रित भई जिल्ला लागिसकेको जानकारी दिए ।

उनीहरूले उपसभामुख मात्र आउने भए स्वागतसम्म गर्न सकिने तर अरू सांसदहरूलाई भेला गर्न नसकिने जवाफ दिएका थिए । त्यसपछि कार्यक्रमको संयोजन गरिरहेकी शर्माले गएको बिहीबार दातृनिकाय यूएनडीपीलाई फोन गरेर भ्रमणमा सहभागी हुन नसकिने जानकारी गराइन् ।

यूएनडीपीले भदौ ५ देखि १२ गतेसम्म अन्तरप्रदेश भ्रमणमा जान भन्दै गण्डकीका महिला सांसदलाई निमन्त्रणा गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य अनुभव आदानप्रदान भनिएको थियो ।

यसअघि, सोही कार्यक्रमअन्तर्गत यूएनडीपीले गण्डकीका महिला सांसदलाई वाग्मती, मधेस प्रदेश र प्रदेश नम्बर–१ को भ्रमण गराएको थियो । बाँकी तीन प्रदेशको भ्रमण कोरोना महामारी, स्थानीय तह निर्वाचनलगायत कारण रोकिएको थियो ।

निर्वाचन घोषणा भएपछि कुनै पनि संसदीय समितिको भ्रमण र अन्तरप्रदेश भ्रमणमा नजान संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मौखिक निर्देशन दिएको एमाले सचेतक सावित्रा रानाले जानकारी दिइन् ।

कांग्रेस मुख्य सचेतक ओमकला गौतम चालिसेले पनि निर्वाचनमा केन्द्रित हुनुपर्ने भएका कारण महिला सांसदको भ्रमणमा कांग्रेस सहभागी नहुने जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro