site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस युवा नेताहरूले सुरु गरे ‘५० टु ५० अभियान’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले ५० टु ५० अभियान सुरु गरेका छन् । कांग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्ष मुनिका युवा नेताहरूलाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने अभियानको उद्धेश्य हो । 

पार्टीमा युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, पार्टीमा युवा मतदाताको आकर्षण बढाउन, राजनीतिमा अहिले देखिएका चुनौती समाधान गर्न युवालाई अगाडि सार्नुपर्ने अभियानको माग छ । 

Prabhu Bank
Agni Group
NIC Asia

युवाको उर्जा, क्षमाता र जोसजाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग गर्न र कांग्रेसलाई बलियो, सशक्त, गतिशील  र निर्वाचनमा बहुमत प्राप्त गर्न ५० वर्षभन्दा कम उमेरका नेतालाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्तीमा ५० प्रतिशत टिकट दिनुपर्नेमा कांग्रेस युवा नेता  भुपेन्द्र जङ शाहीले बताए ।  

कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरूले नेतृत्त्वलाई दबाब दिन यो आभियान सुरु गरेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement