site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍याउने खालका कार्यहरू पनि जारी राखेको हिमालय एयरलाइन्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसमा हिमालय एयरलाइन्सको दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण समेटिएको छ ।

हिमालय एयरलायन्सकी ब्रान्ड विभागीय प्रमुख उज्ज्वला दली र एयरलाइन्सका मैन्टीनेन्स एन्ड इन्जिनेरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कम्पनीको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

Global Ime bank

प्रतिवेदन सार्वजनिक गर्दै दलीले भनिन्, “कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्‍यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतीपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यावसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तर रूपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement