काठमाडौं । म्याग्दीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकी श्रीमती ३४ वर्षीया राममाया बिक, उनका छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । साथै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकी श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।