अर्थ व्यवसाय
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेटको पुस्तिका सार्वजनिक गरिएको हो ।
गत असार १० गते महानगरले बजेट ल्याएको थियो । बजेट नगरसभाबाट सर्वसम्मत पारित भएको थियो ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार, फोहोरमैला व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको छ । महानगरले यसपालिको बजेटमा पुराना शीर्षकहरूलाई प्राथमिकता दिइएको महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताए ।
कुन शीर्षकमा कति बजेट ?
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ १७:३७
प्रतिक्रिया दिनुहोस्